राष्ट्रपति फर्किँदा पनि आकाश खाली : एयर चाइनाको विमान फर्कियो, हिमालयन एयरलाइन्स भारततिर
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण बुधबार पनि काठमाण्डौको आकाश खाली गराइएको छ ।चीनको साताव्यापी भ्रमण टुंग्याउँदै राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भए ।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट आउनुभएकी राष्टपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेपछि पनि धेरैबेरमा अरु जहाजले पालो पाएका छन् राष्ट्रपतिको जहाजभन्दा पहिले नै चीनको चेङ्दुबाट आएको एयर चाइनाको जहाजले तीन फन्को लगाउँदा पनि अवतरणको पालो नपाउँदा उतै फर्किएको छ ।
यस्तै कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्स भारततिर फर्किएको छ । वीरगञ्ज र हेटौँडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि जहाज फर्किएको हो ।मुम्बइबाट आएको इथोयोपियन एयरलाइन्स पनि निकैबेर आकाशमा फन्को लगाएको छ ।
राष्टपति भण्डारी चीन जाने बेलामा पनि झण्डै ४० मिनेट उडान र अवतरण ठप्प भएको थियो । राष्ट्रपतिको सवारीको बेला हवाइ उडान र सडक यातायात ठप्प बनाउँदा यात्रुले हैरानी खेप्ने गरेका छन् । यसको तीव्र आलोचना भैरहे पनि सम्बन्धित निकायले ध्यान दिएका छैनन् ।
May 1, 2019 10:47 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन