

अध्यन : स्वास्थ्यका लागि चुरोट सेवन धेरै खत्तरा हुन्छ कि रक्सी ?

काठमाडौं । एक स्वस्थ्य मानिसका लागि रक्सी वा चुरोट दुवै लाभदायक होईन् । एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको छ । यसरी हेर्दा यी दुबै कुराहरु स्वास्थ्यका लागि राम्रो हुँदैनन् ।
ब्रिटेनका अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘यो कम रक्सी पिउँछु भन्नेहरूलाई जागरूक गर्ने एउटा उपयुक्त तरिका हो ।’ विशेषज्ञहरूका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने खतरा धेरै रहन्छ ।
अर्को कुरा त्यस्तो जोखिमलाई कम गर्ने एउटा मात्र तरिका हो त्यो के भने चुरोटलाई पूर्णरूपमा त्याग्नुपर्दछ । सरकारी निर्देशिका अनुसार एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी रक्सी पिउनु उपयुक्त हुँदैन । यो भनेको लगभग साढे तीन लिटर बियर वा ६ गिलास जति वाइन बाराबर नै हो ।
उक्त अनुसन्धानमा कसैको स्वास्थ्य खतरामा रहेको छ भने रक्सी पिउने कुनै मात्रा तय गर्नु ठीक नहुने उल्लेख गरिएको छ । अनुसन्धानले कम रक्सी पिउनेमा पनि क्यान्सरको खतरा रहने देखाएको छ ।
‘बीएमसी पब्लिक हेल्थ’ को एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भने लगभग १० जना भन्दा बढी पुरूष र १४ जना भन्दा बढी महिलालाई उनीहरूको जीवनकालमा क्यान्सरको खतरा बढाइदिन्छ ।
रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको खतरा बढी हुनसक्छ ।’ उक्त अनुसन्धानमा सहभागी अनुसन्धानकर्ताहरूले क्यान्सर रिसर्च यूकेको क्यान्सरको खतरामा आधारित तथ्याङ्कहरूको प्रयोग गरेका हुन् । त्यसका साथै उनीहरूले सुर्ती र रक्सीका कारण हुने क्यान्सर रोगीहरूको तथ्याङ्कको पनि अध्ययन गरेका थिए ।
स्तन क्यान्सरको अनुसन्धान गर्ने डा.मिनौक सोमेकर भन्नुहुन्छ, ‘अनुसन्धानले रोचक कुराहरू अगाडि ल्याएको छ तर त्यसको तस्बिर स्पष्ट छैन ।’ द इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका वैज्ञानिक समेत्त रहनु भएका डा.सोमेकर भन्छन्, ‘क्यान्सरको खतराको तस्बिर धेरै नै जटिल छ ।
त्यसैले यो बुझ्नु जरूरी छ कि केही मान्यताका आधारमा नयाँ अध्ययनहरू गरिएका छन् ।’ उदाहरणका रूपमा चुरोट र रक्सी पिउँदा पर्ने प्रभावलाई पूर्ण रूपमा रोक्न गाह्रो छ । अध्ययनमा क्यान्सरका बारेमा मात्र चर्चा गरिएको छ। तर अन्य खाले रोगबारे चर्चा छैन । चुरोट पिउनेहरूलाई मुटु तथा फोक्सो सम्बन्धी रोगहरू धेरै लाग्ने मानिन्छ ।
उक्त अनुसन्धानमा सन् २००४ को तथ्याङ्क प्रयोग गरिएको छ र क्यान्सरका अन्य कारणहरूलाई यसमा समावेश गरिएको छैन । उमेर, वंशाणु, खानपान र जीवन शैली पनि क्यान्सरको कारण हुनसक्छ । एजेन्सीको सहयोगमा
May 1, 2019 11:56 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

