कुवेतमा नेपाली महीलाद्वारा नेपालीकै छुरी प्रहार गरि हत्या :
कुवेत, बैशाख १९- कुवेतमा एक नेपाली महिलाले आफ्नै प्रेमीको छुरी प्रहार गरि हत्या गरेकी छन् । लिभिङ टुगेदरमा बसेकी महिलाले बुधबार दिउँसो छुरी प्रहार गरि प्रेमीको हत्या गरेकी हुन् ।
हत्या गरिएका नेपाली तनहुँ जिल्ला निवासी खेम बहादुर बिक रहेको बुझिएको छ ।
कुवेतको मंगाफमा लिभिङ टुगेदरमा बसेकी धरान घर भएकी भनिएकी माया गुरुङले छाती र ढाडमा धारिलो हतियार प्रहार गरेर हत्या गरी कपडाले छोपेर राखेकी प्रतक्ष्यदर्शी तथा सामाजिक व्यक्तित्व नवराज पराजुलीले जानकारी दिए ।
घटना मंगाफ स्थित ब्लक-४ दिउँसो ४ बजे घटेको थियो ।
मृतक खेम बिक कुवेतमा वैधानिक रुपमा बस्दै आएका थिए भने माया अवैधानिक रुपमा बस्दै आएकी थिइन् ।
माया प्रेमसँगै लिभिङ टुगेदरमा बसोबास गर्दै आएका यी जोडी खासै खुसि देखिदैनथे । उनीहरु दिनहुँ झगडा गरिरहने नजिकका नेपालीहरुको भनाइ छ ।
यी जोडीले शुक्रबार र शनिबार म:म बनाएर बेच्ने गरेका पुर्णिमा Dxn ले बताइन । उनीहरु अर्डर अनुसार कोठामै म:म पुर्याउनसम्म जाने गरेका थिए ।
एक बच्चासहित २१ जना पक्राउ
प्रहरीले माया गुरुङलाई घटना स्थलबाटै पक्राउ गरेको छ । भने अन्य २१ जना प्रकाउ परेको बुझिएको छ । प्रकाउ परेका मध्ये एक जनालाई सोधपुछ पश्चात छोडेको र अन्य प्रहरी हिरासतमै छन् ।
पक्राउ पर्नेमा एक बच्चा समेत रहेका छन् । ति बच्चालाई बाबुआमासहित पक्राउ गरेको हो ।हाम्रोसंचार बाट
May 2, 2019 4:15 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
