

खतरनाक ढंगबाट अघि बढ्दै फानी तुफान, नेपालमा के होला?

काठमाडौं। बंगालको खाडीमा एक हप्ता अघि सक्रिय भएको फानी नाम दिइएको समुन्द्री तुफान खतरानक ढंगले अघि बढिरहेको छ। भारतीय तटीय राज्यहरुमा व्यापक प्रभाव पार्ने अनुमान गरिएको यो तुफान हाल प्रतिघण्टा ६ किलोमिटरको गतिमा भारततर्फ बढिरहेको भारतीय मौसम विभागको हवला दिँदै भारतीय सञ्चार माध्यमले जनाएका छन्।
फानीले मुख्य गरी भारतको ओडिशा राज्यको पुरीमा निकै क्षति गर्न सक्ने अनुमान गरिएको छ। बिहीबारै अपराह्नसम्म यो तुफान ओडिशाका करिब ११ जिल्लामा विनाशकारी आँधीका रुपमा ठोक्किने भारतीय सञ्चार माध्यहरुले जनाएका छन्। ओडिशामा फानी तुफानका कारण १७५ किलोमिटरदेखि २०० किलोमिटर प्रतिघण्टाका गतिमा हावाहुरी चल्नेछ भने वर्षाता पनि हुनेछ।
त्यसपछि शुक्रबारसम्म यसको प्रभाव नेपालको पूर्वी क्षेत्रमा तथा हिमाली क्षेत्रमा प्रभाव पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् मीन अर्यालले डिसी नेपालसँग कुरा गर्दै फानीको व्यापक प्रभाव नपर्ने भए पनि हिमाली क्षेत्रमा हिमपात, पूर्वी पहाडी क्षेत्रमा चट्यांगसहितको वर्षा र तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको बताएका थिए।
ओडिशामा फानी टक्राएपछि त्यसले बंगलादेशतर्फ दिशा लिने अनुमान गरिएको छ। १९९९ पछिको सबैभन्दा खतरनाख आँधीका रुपमा लिइएको यसले बंगलादेशतर्फ दिशा लिएपछि नेपालको पूर्वी क्षेत्रमा प्रभाव पार्नेछ। जसको कारण शुक्रबार हावाहुरी चल्ने, वर्षा हुने र हिमपात हुने अनुमान गरिएको हो।
यसअघि २०१४ मा यस्तै समुन्द्री तुफानका कारण मुस्ताङ क्षेत्रमा व्यापक हिमपात हुँदै करिब तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो। त्यति बेला मुस्ताङ र मनाङमा पुगेका पर्यटकहरु प्रभावित भएका थिए। हालै तराईको बारा र पर्सामा पनि टोर्नाडोले व्यापक जनधनको क्षति गरेको थियो ।
फानी कारण भारतमा पुर्याउन सक्ने सम्भावित क्षति कम गर्न बिहीबार करिब १०३ रेल सेवा बन्द गरिएको छ। विद्यालय बन्द गरिएको छ भने सुरक्षा कर्मीलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
यता नेपालमा भने त्यस्तो कुनै पूर्व तयारी देखिँदैन। गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीलाई सम्भावित तयारीबारे प्रश्न गर्दा उनले कुनै जवाफ दिएनन्। उनले यो विषयमा विवद् व्यवस्थापन महाशाखालाई केही जानकारी हुन सक्ने बताए। विपद महाशाखाका कर्मचारी भने सम्पर्कमै आउन चाहेनन् ।
May 2, 2019 11:20 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

