Monday 25th August 2025

भारतीय शक्तिशाली चक्रवातको प्रभाव पूर्वी नेपालमा सुरु, पानी पर्दैै

6 years अगाडी

काठमाडौं । बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात ‘फानी’को प्रभाव नेपालमा पनि देखिन सुरु भइसकेको छ । यसको प्रभावले बिहीबार रातिदेखि नै पूर्वी नेपालमा मेघगर्जनसहित पानी पर्न थालेको छ ।

यसको प्रभाव विस्तारै बढ्दै जानेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ । फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।

यस्तै अहिले रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारिरहेको प्रणाली पूर्वतिर सरिरहेको महाशाखाले जनाएको छ । आज देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् विभूति पोख्रेलले बताइन् । उनका अनुसार पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ ।

फानीको प्रभाव पर्सि दिउँसोसम्म देखापर्ने बताइएको छ । यो आँधी भारतमा ४३ वर्षयता आएको सबैभन्दा शक्तिशाली आँधी भएको जनाइएको छ । ४३ वर्षयताकै शक्तिशाली भारतीय आँधी फानो शुक्रबार साँझ पूर्वी नेपाल आउँदै भारतमा आँधीको डर, ८ लाख मानिस सुरक्षित स्थानमा सारियो

          May 3, 2019 11:01 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...