

नेपाली जनप्रगतिशील मोर्चा क्षेत्रीय समिति जेद्दा साउदी अरबको तेस्रो भेला सम्पन्न ।

जेद्धा साउदि अरब – नेपाली जनप्रगतिशील मोर्चा क्षेत्रीय समिति साउदी जेद्दाले आफ्नो तेस्रो भेला सफलताको साथ सम्पन्न गरेको छ । संगठन विस्तारको क्रममा मोर्चाले साउदी अरबको पश्चिम प्रान्त जेद्धामा हिजो ३ मे, शुक्रबार अधिवेशन सम्पन्न गरेको भेलका अध्यक्ष दिपेश परियारले जानकारी दिएका छन् ।
संयोजक तिर्थ पाख्रीनको प्रमुख अतिथ्यमा सम्पन्न भेलाद्वारा कैलाश मैनालीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा सन्देश बुढा मगर सचीव सर्वसम्मत रुपमा चयन भएका छन् भने दुई सल्लाहकार सदस्य सहित पछि दुई सदस्य थप हुनेगरी समिति सविस्तार गरिएको हो ।
कैलाश मैनालीद्वारा संचालित कार्यक्रममा तिर्थ पाख्रिनेले आफ्नो मन्तव्य दिदै नेपालको दलाल राज्य सत्ताले युवाहरुलाई रेमिटेन्सन भित्र्याउने मेसिन सम्झेर बिदेश जानू बात्य पर्ने र देशमा रोजगारीको कुनै ब्यवस्था नगर्ने परिपाटीको अन्त्यका लागि स्वदेश फर्कि नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध हुन आव्हान गरेका थिए । साथै उनले १३० अौं अन्तर्राष्ट्रिय मजदुर दिवसको सम्पुर्ण श्रमिक वर्गलाई शुभकामना समेत दिएका थिए । भेलामा अध्यक्ष दिपेश परियारले कार्यक्रमको समापन गर्दै साउदी अरबमा हुने सबैखाले समस्यको अन्त्य नहुनुको कारण नेपाल सरकार र नेपाल एमबिसि रहेको बताए । उनलेे पीडित ब्यक्तिहरुले दिएको निवेदनको पुर्ण विचार र अबलोकन गर्न नसकेकोले पीडित मजदुरहरु पिडा माथि झन पिडा खपेर बस्नुपर्ने वाध्यता रहेको जनाउदै नव निर्वाचित समितिलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
समाचार श्रोत: युबराज कार्की
May 4, 2019 10:56 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

