नेपाली जनप्रगतिशील मोर्चा क्षेत्रीय समिति जेद्दा साउदी अरबको तेस्रो भेला सम्पन्न ।
जेद्धा साउदि अरब – नेपाली जनप्रगतिशील मोर्चा क्षेत्रीय समिति साउदी जेद्दाले आफ्नो तेस्रो भेला सफलताको साथ सम्पन्न गरेको छ । संगठन विस्तारको क्रममा मोर्चाले साउदी अरबको पश्चिम प्रान्त जेद्धामा हिजो ३ मे, शुक्रबार अधिवेशन सम्पन्न गरेको भेलका अध्यक्ष दिपेश परियारले जानकारी दिएका छन् ।
संयोजक तिर्थ पाख्रीनको प्रमुख अतिथ्यमा सम्पन्न भेलाद्वारा कैलाश मैनालीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा सन्देश बुढा मगर सचीव सर्वसम्मत रुपमा चयन भएका छन् भने दुई सल्लाहकार सदस्य सहित पछि दुई सदस्य थप हुनेगरी समिति सविस्तार गरिएको हो ।
कैलाश मैनालीद्वारा संचालित कार्यक्रममा तिर्थ पाख्रिनेले आफ्नो मन्तव्य दिदै नेपालको दलाल राज्य सत्ताले युवाहरुलाई रेमिटेन्सन भित्र्याउने मेसिन सम्झेर बिदेश जानू बात्य पर्ने र देशमा रोजगारीको कुनै ब्यवस्था नगर्ने परिपाटीको अन्त्यका लागि स्वदेश फर्कि नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध हुन आव्हान गरेका थिए । साथै उनले १३० अौं अन्तर्राष्ट्रिय मजदुर दिवसको सम्पुर्ण श्रमिक वर्गलाई शुभकामना समेत दिएका थिए । भेलामा अध्यक्ष दिपेश परियारले कार्यक्रमको समापन गर्दै साउदी अरबमा हुने सबैखाले समस्यको अन्त्य नहुनुको कारण नेपाल सरकार र नेपाल एमबिसि रहेको बताए । उनलेे पीडित ब्यक्तिहरुले दिएको निवेदनको पुर्ण विचार र अबलोकन गर्न नसकेकोले पीडित मजदुरहरु पिडा माथि झन पिडा खपेर बस्नुपर्ने वाध्यता रहेको जनाउदै नव निर्वाचित समितिलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
समाचार श्रोत: युबराज कार्की
May 4, 2019 10:56 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन