Thursday 14th May 2026

साउदी अरबमा जिफन्ट सहयोग समुहले साउदीले मे दिवस मनायो ।

7 years अगाडी

शुक्र मोक्तान,

दम्माम, साउदि अरब । ‘स्वदेशमा वा प्रवासमा सबैलाई सामाजिक सुरक्षा’ भन्ने नाराका साथ जिफन्ट सहयोग समूह साउदीले १३० औं अन्तराष्ट्रिय मजदुर (मे) दिवस मनाएको छ । साउदीको दमाममास्थित रोज रेस्टुरेन्टमा शुक्रबार श्रमिक समस्या विषयक अन्तरक्रियासँगै सांस्कृतिक कार्यक्रम गरि मे दिवस सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि श्रमसहचारी अम्बिका अधिकारीले शुभकामना दिदै साउदीमा रहेको नेपाली श्रमिकका लागि आफुहरु २४ सै घन्टा सेवामा समर्पित भएको बताए । उनले साउदीमा आर्थिकमन्दीका कारण बन्द हुन पुगेका अजमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जेएन्डपी, साउदी मार्बल एन्ड ग्रिनाइटेड लगायतका नेपालीहरुलाई दूतावासले कम्पनीमा काम खोजि लगाएको र केहीलाई नेपाल पठाएको जानकारी दिए । १० हजार रहेको अजमिलमा अब १ हजारको हाराहारीमा रहेको र उनीहरूको हकमा पनि साउदी लेबरकोटले नेपाल पठाउन आदेश जारी गरिसकेको बताए । उनले थपे, कम्पनीले कामदारहरु पठाउन केही समय मागेका बताउदै उक्त समयसीमामा पठाउन सकेनन् भने साउदी सरकारले जिम्मा लिने समेतको निर्णय भएको छ ।
साउदी भौगोलिक हिसाब ठूलो रहेका र दूतावासमा जनशक्तिको अभावका कारण श्रमिकहरुको समस्या तुरुन्त समाधान गर्न नसकिएको श्रमसहचरी अधिकारीले बताए । साउदी लेबरकोटमा कम्पनीले ३ महिनासम्म सेवा सुविधा दिन नसक्दा पनि मुद्दा हाल्न नपाउने प्रावधान छ । कम्पनीलाई दबाब दिन ९१ दिन कुर्नुपर्दा उद्धारमा ढिलासुस्ती भएका हुन्छ । दूतावासले काम गरेन दूतावासले पैसा माग्यो इत्यादी सुन्न आएको कुरामा सत्यता नरहेको अधिकारीले स्पष्ट पारे ।

अधिकारीले नेपालीहरु संसार भरिनै इमानदारीताले चिन्ने गरेकाले साउदीको नियम कानुनलाई आत्मसात गरेर सहयोग गर्न आग्रह समेत गरे ।

यसैगरी बिशेष अतिथि दूतावासका पुर्वक्षेत्रका कर्मचारी हरि घिमिरेले शुभकामना मन्तव्य दिदै जिफण्टका प्रतिनिधिहरु साउदीको कुनाकुनामा पुगेर दूतावाससँग सहकार्यमा पिडित श्रमिकहरुलाई उद्धार गर्ने गरेकोमा खुसी व्यक्त गरे । उनले भने–म कार्यरत क्षेत्रमा अन्य संस्थाले भन्दा धेरै पीडित श्रमिकको उद्धार गर्ने गरेको छ । आगामी दिनमा समेत निरन्तरता दिनेमा आफू ढुक्क रहेको बताउदै दूतावासका तर्फबाट गर्नुपर्ने सहयोगका लागि सधै तत्पर छौं, उनले थपे ।

जिफण्ट साउदीका संरक्षक शमशेर तामाङले श्रमिक दिवसका बारेमा स्पष्ट पार्दै ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको जंगमा टेकेर समूहले अन्तरक्रियासँगै साँस्कृतिक कार्यक्रम पनि गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रवासी मञ्चका संयोजक शिवराजैसी,महिला संयोजक अम्बिका सापकोटा(अधिकारी),दलित सञ्जालका अध्यक्ष, रमेश लाम्काने, हिमाल फुटबल क्लबका अध्यक्ष एम लामा बोम्जन,हेल्प मदेसका अध्यक्ष कमलदेव साह, जनसम्पर्क समिति समितिका सभापति दिपक रेग्मी, साँझ मञ्च पुर्व क्षेत्रका संयोजक आदर्श भुवाजु, दिदिबहिनी समूहकी अध्यक्ष तुलसी गुरुङ, तमुधिका अध्यक्ष खेम गुरुङ, मगर संघका संरक्षण खिम गर्बुजा, किराँत यायोक्खाका कार्यबाहक अध्यक्ष सिके चाम्लिङ, एनआरएन आईसीसीका सदस्य जोन अर्याल, नेवा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ,एनआरए मानार्थ सदस्य राजु सायद,नेपाली सहयोग युवा मञ्चका अध्यक्ष बिजय लामा, अन्तर समन्वय समितिका पुर्वाध्यक्ष मोहन विएसके लगायतले शुभकामना दिएका थिए  ।

कार्यक्रममा गायिका लक्ष्मी तामाङ, लोकदोहोरी गायक डिके रोल्पाली (डिके) गायकहरु रोशन तामाङ, प्रेम बिसी,समीर राई, रन राई, टेकबहादुर आले मगर, यसटी मगरले आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।  यसैगरी धनकुमारी मगर, मञ्जु परियार, मुना तामाङ, सिरि राई, भिमकला विश्वकर्मा, बिमल राई र कमली तामाङ लगायतको नृत्यसँगै दर्शक पनि नाचेका थिए ।
मगर संघकी उपाध्यक्ष धनकुमारी पुन मगरसँगै ३ दर्जन श्रमिकहरुले जिफण्टमार्फत आफ्ना समस्या श्रमसहचारी बस्नेतलाई बुझाएका थिए ।

दूतावासका कर्मचारी घिमिरेलाई जिफण्टले दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा ८ सय ८७ रियाल भोजपुरकी मुटु रोगी बिबिना राई बचाउ अभियानका अभियान्त राजकुमार राईलाई प्रदान गरेको छ ।

जिफण्टका अध्यक्ष बुद्धिमान विश्वकर्मा सभापति रहेको कार्यक्रम महासचिव डम्बर नेपाली र सदस्य हेमराज रसाइलीले सञ्चालन गरेका थिए ।

          May 5, 2019 12:28 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...