हजुरबुवाले सय वर्ष पहिले चोरे मूर्ति, भगवानको प्रकोपसँग डराएर नातीले फिर्ता दिए
काठमाडौं। भारतको तमिलनाडुमा निकै आश्चर्यजनक घटना भएको छ । यहाँको मदुराइ शहरको मेलोर मन्दिरबाट सन् १९१५ मा चोरी गरिएको द्रोपथी अम्माको मूर्ति पुलिसले फेला पारेको छ । ७ सय वर्ष पुरानो मूर्ति मन्दिरका पुजारी करप्पास्वामीले चोरी गरेका थिए । तर, भगवानको प्रकोपसँग डराएका उनकोमुरुगसेनले मूर्ति मन्दिर प्रशासनलाई फिर्ता दिएका छन् । मूर्तिलाई अब पुनः विधिपूर्वक मन्दिरमा स्थापित गरिनेछ ।
नाति मुरुगसेनका अनुसार मूर्तिका कारण उनको परिवारमा संकट आयो । परिवारका केही सदस्यको अकालमै मृत्यु भयो । कैयौं बिरामी भए । उनलाई लाग्थ्यो कि मूर्ति चोरेका कारण उनको परिवारमा यी संकटहरु आइरहेका छन् । मूर्ति चोरी हुने समयमा यो मन्दिरमा २ पुजारी हुन्थे । करप्पास्वामीको अर्का पुजारीसँग विवाद भएको थियो । यही कारण उनले मूर्ति चोरी गरे । चोरीका विषयमा १९१५ मै ब्रिटिश पुलिसमा उजुरी दर्ता समेत गरिएको थियो ।
अहिले ६० वर्षमा भइसकेका मुरुगसेनका अनुसार उनले बाल्यकालमै हजुरबुवालाई भित्तातिर फर्किएर पुजा गरेको देखेका थिए । सुरुसुरुमा उनलाई यो सामान्य कुरा लाग्थ्यो तर अहिले उनलाई शंका भयो । उनले यो कुरा मन्दिर प्रशासनलाई बताए । मन्दिर प्रशासनले भित्ता फोरेर हेर्दा त्यहाँभित्र डेढ फिटको दुर्लभ मूर्ति भेटियो । यो मूर्ति करिब ७ सय वर्ष पुरानो हो । मेलोरको मूर्ति लगभग ८ सय वर्ष पुरानो हो ।
May 5, 2019 12:39 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग