हिमालय एयरलाइन्सले अबुधाबी एयरपोर्ट देखि दुबई सम्म आउनेजाने ग्राहकहरुलाई बसको सुविधा
अनिस तामाङ/युएई
हिमालय एयरलाइन्सले आफ्नो ग्राहकहरुलाई आउद/जाँदा अबुधाबी एयरपोर्ट देखि दुबई सम्म बसको सुविधा सुरु गरेको छ । नेपाल जाने/आउने आफ्ना ग्राहकहरुको सेवा सुविधाको मध्यनजर गर्दै बरदुबई स्थिति सिटी सेन्टर पछाडिको फ्रि पार्किङबाट अबुधाबी एयरपोर्ट सम्म बसको व्यवस्था गरेको हो ।
नेपालबाट बेलुका ८:४५ मा उडेको जहाज अबुधाबी एयरपोर्टमा बेलुका ११:४५ बजे अवतरण गर्नेछ, उक्त जहाजको यात्रुहरुका लागि व्यवस्था गरेको बस १ बजे अबुधाबी एयरपोर्टबाट दुबई छुट्नेछ ।
त्यसैगरि अबुधाबी एयरपोर्टबाट विहान १:४५ मा नेपाल उड्ने जहाजमा यात्रा गर्ने यात्रुहरुलाई वर दुबई स्थित सिटि सेन्टर पछाडिको फ्रि पार्किङमा बसको व्यवस्था गरेको छ । उक्त बस त्यहाँबाट ठिक बेलुका ७:४५ बजे अबुधाबी एयरपोर्ट छुट्ने हिमालय एयरलाइन्सका जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसि का सञ्चालक ठाकुर प्रसाद ढुङ्गानाले जानकारी दिएको हो ।
हिमालय एयरलाइन्सले यो भन्दा पहिले युएईको दुबईबाट पनि उडान भरिरहेको थियो तर केही प्राविधिक कारनले दुबईबाट केही समयका लागि उडान भरेको छैन । । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ ।
May 6, 2019 8:32 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो