प्यूठानमा पहीलो पटक भुकम्प मापन यन्त्र जडान
मनोज थापा –
प्यूठान – प्यूठानमा पहीलो पटक भुकम्प मापन यन्त्र जडान गरीयको छ । प्यूठान जिल्लाको एरावती ५ सराङवेसी स्थित श्री महेन्द्र माध्यामिक बिद्यालयमा प्यूठानमा पहीलो चोटी भुकम्प मापन यन्त्र “सिस्मोमिटर” जडान गरीयको हो ।

स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा सो यन्त्र जडान गरिने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । अहिले सम्म १६ वटा विद्यालयमा जडान गरीसकीएको छ । सो यन्त्र जडान भएपछि नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राखिनेछ । भुकम्प गएको वा नगएको थाहा पाईने छ ।

स्विट्जरल्याण्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले भूकम्प कसरी जान्छ र भूकम्पको जोखिम बाट बच्ने उपाए बारे बताएका थिए ।

उक्त बिद्यालयका शिक्षक कृष्ण बिक्रम शाह र खेद बहादुर रोकाले इन्टरनेस्नल वर्क सप पोखरा बाट यसै बिषयमा तालिम लिएका थिए । यन्त्र जडानका अवसरमा शिक्षक कृष्ण बिक्रम शाहले विद्यार्थीलाई सो यन्त्रका साथै भूकम्पीय जोखिमबारे शिक्षा दिइने बताए । कार्यक्रममा बिद्यालयका शिक्षक , बिद्यार्थी , गाउँका भद्रभलादमी हरुको उपस्थित रहेको थियो ।
May 6, 2019 7:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार