जानी राखौ : पानीको कमीले शरीरमा देखिने यी हुन् ७ समस्या !
पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ । यद्यपि, शरीरमा विभिन्न कारणले पानीको कमी हुन्छ ।मिर्गौैलामा समस्या शरीरमा पानीको कमीले मिर्गौलामा समस्या देखिने गर्छ । रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्ने भएकाले त्यसले मिर्गौलामा असर पु९याउँछ । पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन । फलस्वरूप मिर्गौला कमजोर हुन्छ ।
रक्तचापमा कमी : पानीको कमीका कारण एक्कासि शरीरमा रक्तचाप ९ब्लडप्रेसर० घट्ने हुन्छ । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेजस्ता समस्या देखा पर्छन् ।
चाउरीपन र छाला सुक्खा : शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने तथा चाउरी पर्ने समस्या हुन्छन् । त्यस्तै, मौसमविपरीत ओठ फुट्ने, सुक्खा हुने, चमक हराउने र रुखोपन आउने गर्छ ।
एक्कासि मुड परिवर्तन : एक्कासि रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने भएमा पानीको कमी भएछ भन्ने बुझ्नुपर्छ । डिहाइडे«सन हँुदा मानसिक असर पर्ने भएकाले यो अवस्थामा छिटो मुड परिवर्तन हुने गर्छ ।
जोर्नी र मांसपेशीमा समस्या : पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । पानीको मात्रा कम हुँदा यी दुवैमा पीडा हुन्छ । त्यस्तै, पिँडौला दुख्ने, बाउँडिनेजस्ता समस्यासमेत देखा पर्छ ।
पाचनसम्बन्धी समस्या : पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ । अनि, पाचनसम्बन्धी समस्या आउँछ । पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने आदि समस्या देखिन्छ ।
टाउको दुख्ने, थकान महसुस हुने : शरीरमा पानीको कमी भएमा थकान महसुस हुने र टाउको भारी भई दुख्ने हुन्छ । पानीको मात्रा अलिकति मात्र कमी हुँदासमेत पूरै शारीरिक प्रणाली नै कमजोर हुन्छ । यसको असरस्वरूप थकान महसुस हुन्छ ।
May 7, 2019 9:54 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला