सम्पत्तिका लागि भाइले घाटमै मृतक दाजुको औठा छाप लिए, मलामी गएकाहरु पनि भए भावुक
काठमाडौं । सम्पत्ती देखे शिवजीका तेस्रो नेत्र भन्ने हिन्दु धर्म मान्नेहरुको उखान प्रचलित छ । त्यस्तै उदाहरण एक भाईले देखाएका छन् । पारिवारीक सम्बन्ध भन्दा पनि सम्पत्तीको मोह भन्ने उदाहरण ति भाईले देखाएका छन् । यो घटना भारतमा भएको हो । सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिरले हेर्नेहरुलाई निकै भावुक बनाएको छ ।
घटना केही दिनअघिको हो, गोरखपुरको ग्राम मझवन खुर्द निवासी ७० वर्षीय पूर्व प्रधान विशम्भर को मृत्यु भयो । उनको अन्तिम संस्कारका लागि मलामी सहित शव नदी किनारमा रहेको घाटमा पुर्याएको थियो ।
सोही अवसरमा उनका सानो भाइ राम पदारथले मृतक दाजुको दाहिने हातको औठाको छाप लिए । यो देखेर मलामी गएकाहरु पनि छक्क परे । उनले मृतक दाइको औठा छाप सादा कागजमा लिएका थिए । मृत दाजुको भन्दा ति भाईलाई सम्पत्तीको माया देखेकाहरुले ति भाईलाई धिक्कारेका थिए । मृतक विशम्भरको पहिलो श्रीमतीको मृत्यु भएपछि मञ्जुदेवीसँग दास्रो विवाह गरेका थिए । उनीहरुका दुई छोरा र पाँच छोरी छन् ।
May 7, 2019 10:06 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने