भारत : अन्तरजातीय विवाहबाट असन्तुष्ट पिताले छोरीलाई जिउँदै जलाए
भारतमा अन्तरजातीय विवाह गरेको भन्दै पिताले छोरीलाई जिउँदै जलाएका छन् । महाराष्ट्रको अहमदनगरको परनेर तालुकामा रहेका निक्सोज गाउँमा यो घटना भएको हो ।६ महिना पहिले रुक्मिणी र मंगेश रणसिंघेको विवाह भएको थियो । १९ वर्षीय रुक्मिणीले मंगेश रणसिंघेसँग प्रेम विवाह गरेकी थिइन् । रुक्मिणी र उनका श्रीमानको जात मिल्दैनथ्यो । यसै कारण रुक्मिणीका पिता, काका र मामाले मिलेर उनी र उनका पतिलाई जिउँदै जलाए । पिताको इच्छाविपरित विवाह गर्दा रुक्मिणीले ज्यान गुमाउनु पर्यो।
विवाहपछि पनि रुक्मिणीको माइतीपक्षका मानिसले उनीहरुको सम्बन्धको विरोध गरिरहे । यसबाट हैरान भएर रुक्मिणी र मंगेशले फेब्रुअरी महिनामा रुक्मिणीको माइती पक्षमा उजुरी पनि दर्ता गरेका थिए ।रुक्मिणीका मातापिताले गएको अप्रिल ३० तारिखमा माइती बोलाएका थिए । उनलाई माइतीमा बोलाएर कुटपिट गरियो । यो घटनाबारे उनले आफ्ना श्रीमान मंगेशलाई फोन गरेर जानकारी दिइन् । अर्को दिन मंगेश आफ्नी पत्नीलाई लिन गए । त्यही समयमा उत्तर प्रदेश बस्ने रुक्मिणीका काका र मामा पनि त्यहाँ पुगेका थिए । उनीहरुले रुक्मिणी र मंगेश दुवैलाई कुटपिट गरेर डोरीले बाँधि पेट्रोल छर्केर आगो लगाइदिए ।
घटनाबारे छिमेकीले थाहा पाएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । रुक्मिणीको शरीर धेरै जलिसकेको थियो । उनको ज्यान गयो । उनका पति मंगेश रणसिंघेको उपचार भैरहेको छ । उनको अवस्था पनि गम्भीर छ । परनेर प्रहरीले यो घटनालाई लिएर रुक्मिणीका मामा घनश्याम र काका बिल्लू पण्डित भनिने सुरेन्द्र बाबुलाललाई पक्राउ गरेको छ । घटनापछि रुक्मिणीका पिता रामा रामफल फरार भएका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले पेट्रोलको बोतल तथा अन्य सामानहरु पनि बरामद गरेको छ । रुक्मिणीका देवर महेश रणसिंघेले घटनाबारे प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले बेवास्ता गरेकोले यस्तो अवस्था भोग्नुपरेको आरोप लगाएका छन् ।
May 7, 2019 11:56 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार