वर्ड फ्लु भएको बेलामा कुखुराको मासु खान हुन्छ की हुँदैन जान्नै पर्ने कुरा ?
काठमाडौं, वैशाख । बर्ड फ्लुका कारण नेपालमा पहिलोपटक एक व्यक्तिको ज्यान गएको छ। बर्ड फ्लु भएका बेला कुखुराको मासु खाने कि नखाने भन्नेमा धेरैमा दुविधा देखिन्छ। अवश्य पनि हुन्छ। तर यसका लागि राम्ररी तयार गरी पकाउने कुरा महत्वपूर्ण हुन्छ। अन्य भाइरसहरु झैँ यो भाइरस पनि तातो प्रति धेरै नै संवेदनशील हुन्छ। सामान्य खाना पाक्ने तापक्रममा यो भाइरस पूर्ण रुपमा मर्छ। तर पकाउँदा विचारणीय कुरा के हो भने पकाइएका सबै भागहरूमा न्यूनतम ७० डिग्री सेल्सियससम्म तापक्रम पुग्नुपर्दछ। अर्थात राम्ररी सबैतिर तापक्रम पुगेर सबै भाग पाकेको हुनुपर्दछ। यसले सबै भाइरसहरु मर्दछन् र हामीले ढुक्कले खान सक्छौँ।
सावधानीको रूपमा कुखुरा तथा कुखुराजन्य उत्पादनहरु तथा अन्य चराचुरुङ्गीहरु सधैँ राम्रो, स्वस्थ, स्वच्छ हुनुपर्दछ र राम्रो तरिकाले पकाएको हुनुपर्दछ भन्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाव छ। आजसम्म पनि यस भाइरसको धेरै संक्रमण घरायसी रुपमै पाल्ने, काट्ने तथा रोग लागेर मरेका चराहरुलाई चलाउने, प्रयोग गर्ने वा ओसार पसार गरेकाहरुसँग जोडिएको पाइएको छ। त्यसैले यस किसिमका बानीव्यवहारहरुलाई उच्चतम जोखिम बुझेर सुधार गर्नु चाहीँ महत्वपूर्ण हुन्छ। विश्व स्वास्थ्य संगठनले भने सत्तरी डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएर मासु खान हुने जनाएको छ। मासु राम्ररी नपकाइ खाएको अवस्थामा भने यो रोग मान्छेमा सर्छ। संक्रमित व्यक्तिलाई छाती, घाँटी दुख्ने र पखाला चल्ने लक्षण देखिन्छ। बर्ड फ्लुको संक्रमण भएमा ज्यान जाने सम्भावना समेत रहन्छ। बर्ड फ्लु सामान्यतया चराहरुबीच हुन्छ।
नेपालमा पक्षीबाट सर्ने रुघाजस्तो एकप्रकारको रोग, बर्ड फ्लुबाट पहिलो पटक एक २१ वर्षीय किशोरको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। चैत्र १० गते खोकी र ज्वरोका कारण अस्पताल भर्ना भएका ती किशोरको पाँच दिनपछि श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको मन्त्रालयले बताएको छ। जापानमा विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त प्रयोगशालामा पठाइएको उनको र्यालको नमुनामा बर्ड फ्लुको भाइरस भेटिएको थियो। ‘यो इन्फ्लूएन्जा मानिसमा सङ्क्रमण भएको घटना नेपालमा पहिलो पटक भएको हो, मन्त्रालयले भनेको छ।
May 7, 2019 12:14 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय