सरकारले आफ्नो नाममा ल्याएको जग्गा अदालतले यसरी व्यक्तिका नाममा फर्कायो
काठमाडौ । सुन्दापनि अचम्म लाग्छ । अघिल्लो दिन सरकारले यस्तो गलत कार्यलाई रोक्न यो निर्णय लियो भन्ने खबर आउँछ । फेरी भोलीपल्ट उक्त निर्णय अदालतले उल्ट्याईदियो भन्ने खबर आउँछ ।सरकारले केही कदम चालेमा देखाजाएगा भोली अदालत गएर बिरुद्धमा लागि हाल्छु नी भन्ने मानसिकता बढेको छ । न्याय सम्पादन कार्यले अहिले जनमानसमा न्याय नपाए अदालत जानु हैनकी अन्यायलाई बैध गर्न अदालत जानुपर्छ भन्ने सोचको विकास हुन थालेको छ ।
भक्तपुरमा यस्तै भएको छ । भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले व्यक्तिको नाममा दर्ता हुने भएको छ । न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको छ । मालपोत कार्यालयले सरकारका नाममा दर्ता गराएको एक सय ३१ रोपनी जग्गा भक्तपुर जिल्ला अदालतले उल्टी गरी दिवाकर राणाको परिवारको नाममा कायम हुनेगरी फैसला गरिदिएको हो ।
सो फैसलाको पूर्ण पाठ आएपछि फैसला कार्यान्वयनको प्रक्रियामा जाने बताइएको छ । यता सरकारले सरकारी नाममा रहेका जग्गा व्यक्तिको नाममा पुगेका रहेछन् भने सरकारको नाममा फिर्ता ल्याउने महाअभियान चालिरहेका बेला यस्तो समाचार दु:खद हुनेछ ।
May 9, 2019 12:19 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :