सरकारले आफ्नो नाममा ल्याएको जग्गा अदालतले यसरी व्यक्तिका नाममा फर्कायो
काठमाडौ । सुन्दापनि अचम्म लाग्छ । अघिल्लो दिन सरकारले यस्तो गलत कार्यलाई रोक्न यो निर्णय लियो भन्ने खबर आउँछ । फेरी भोलीपल्ट उक्त निर्णय अदालतले उल्ट्याईदियो भन्ने खबर आउँछ ।सरकारले केही कदम चालेमा देखाजाएगा भोली अदालत गएर बिरुद्धमा लागि हाल्छु नी भन्ने मानसिकता बढेको छ । न्याय सम्पादन कार्यले अहिले जनमानसमा न्याय नपाए अदालत जानु हैनकी अन्यायलाई बैध गर्न अदालत जानुपर्छ भन्ने सोचको विकास हुन थालेको छ ।
भक्तपुरमा यस्तै भएको छ । भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले व्यक्तिको नाममा दर्ता हुने भएको छ । न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको छ । मालपोत कार्यालयले सरकारका नाममा दर्ता गराएको एक सय ३१ रोपनी जग्गा भक्तपुर जिल्ला अदालतले उल्टी गरी दिवाकर राणाको परिवारको नाममा कायम हुनेगरी फैसला गरिदिएको हो ।
सो फैसलाको पूर्ण पाठ आएपछि फैसला कार्यान्वयनको प्रक्रियामा जाने बताइएको छ । यता सरकारले सरकारी नाममा रहेका जग्गा व्यक्तिको नाममा पुगेका रहेछन् भने सरकारको नाममा फिर्ता ल्याउने महाअभियान चालिरहेका बेला यस्तो समाचार दु:खद हुनेछ ।
May 9, 2019 12:19 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन