नेपालको मकालु क्षेत्रमा रहस्यमय हिममानवको पाइला भेटियो !
काठमाडौ । नेपालको मकालु हिमालय क्षेत्रमा रहस्यमय हिममानव ‘यति’ को (फुटस्टेप) पाइला भेटिएको छ । मकालु हिमालको आधार शिविरमा उक्त पाईला देखिएको र त्यो यति कै भएको भारतीय सेनाले दाबी गरेको छ । आफ्नो पर्वतारोहण टिमले यतिको पदचिन्ह देखेको भारतीय सेनाको आमसञ्चार विभागले जनाएको हो । विभागको आधिकारिक ट्वीटर ह्यान्डलमा पाइलाको तस्वीरहरु पनि पोष्ट गरिएको छ ।
भारतीय सेनाका अनुसार तस्वीरहरु अप्रिल ९ मा खिचिएको हो । ‘यति’ को पदचिन्हको लम्बाई २.६ फिट रहेको उसले जनाएको छ । फुटस्टेप भन्नाले सामान्य हिँडाईमा दुई वटा पदचिन्हबीचको दुरीलाई जनाउँछ । एउटा वयस्क व्यक्तिको फुटस्टेप औसत २.५ फिट हुन्छ । भारतीय सेनाको दाबी छ, मकालु-बरुण राष्ट्रिय निकुञ्जमा यति देखिएको थियो ।
यतिको अस्तित्वका विषयमा लामो समयदेखि पर्वतारोही र साहसी पर्यटकहरुमा विभिन्न किसिमका अनुमानहरु चल्दै आएका छन् । धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतिलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ । सन् २०१४ मा एउटा विवादास्पद अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा भुटान र उत्तरी भारतबाट यतिको भुत्लाको नमूना संकलन गरिएको दाबी गरिएको थियो । वैज्ञानिकहरुले भने यतिको विषयमा ठोस अनुसन्धान गरेका छैनन् ।
May 9, 2019 12:32 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो