Sunday 27th July 2025

यौन क्षमता बढाउने मन भए थाल्नुहोस योग, यी हुन् प्रभाकारी योगासन

6 years अगाडी

काठमाण्डौँ, योगलाई पुर्णयता बैज्ञानिक विधि मानिन्छ । योगकै कारण विभिन्न रोगको निवारण तथा शरीर , मन र मस्तीष्क स्वस्थ्य राख्न सकिने मान्यता रहि आएको छ । योग स्वस्थ्य जीवनशैलीका लागि हरेक क्षेत्रमा उपयोगी रहदै आएको छ । औषधिको प्रयोग नगरि यौन क्षमता बढाउन चाहानेले योग गरि यौन क्षमता बढाउन सक्ने योग योग शिक्षकहरुको भनाई छ । योगका आसनहरुले मन र मस्तिष्कसँगै यौन क्षमता वृद्धि गर्न समेत सहयोगी हुन्छ । तपाई शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनु भयो भने मात्रै यौन सुख लिन सक्नु हुन्छ । तपाईको मानसिक र शारीरिक अबस्थाको सिधा प्रभाव यौनजीवनमा समेत परिरहेको हुन्छ ।

शरीरमा कुनैपनि किसिमको पिडा वा मानसिक पिडा भए सेक्सको समयमा चरम सुखसम्म नपुग्ने हुन सक्छ । गलत जीवनशैलीको कारण या जुनसुकै रोगको कारण पनि सेक्समा समस्या देखिएको हुन सक्छ । स्वास्थ्य र आनन्ददायी सेक्सको लागि तपाईले योग आसनको समेत साहार लिन सक्नु हुन्छ । औषधिको प्रयोग गर्नु भन्दा योगको साहार सबै भन्दा सुरक्षित हुने तर्क समेत बलियो रहेको छ । योगको कारण तपाईले आफुलाई युवाजस्तै बलशाली र फुर्तिलो राख्न सक्नुहुन्छ । तर यसकोलागि नियमित र सही जीवनशैलीको समेत आवश्यक्ता पर्दछ । जसको कारण तपाईले यौन क्षमता बढाएर वैवाहिक जीवन सुखी बनाउन सक्नु हुन्छ । यी योगासन नियमित गरेमा तपाईको यौन क्षमता बढ्ने निश्चित छ ।

पद्मासन : योगको यो आसनले मांसपेशी, पेट, मुत्राशय र घुडाँलाई मजबुद बनाउन सहयोग गर्छ । यो आसनले शरीरमा उत्तेजना बढाउनुकासाथै चरमसुखको अवधि समेत बढाउछ । यो आसन नियमित गरेमा तपाईले सेक्सको अवधिलाई बढाउन सक्नु हुन्छ । तपाईलाई कत्तिको थाहा छ । यो आसन सहज छ । योगीहरुले पलेटी कसेर बसेको त देख्नु भएको होला । त्यही आसन गरि कमरमाथीको भागलाई सिधा राखेर यो आसन गरिन्छ । दुबै हातलाई तिघ्रामा राखेर ध्यान मुद्रामा बसि सास नाकबाट मात्रै निकाल्ने गर्नुहोसे । यो क्रम लगातर गरे सेक्स क्षमता आएको परिवर्तन आफैले महशुस गर्नु हुने छ ।

हलासन : यौन उर्जा बढाउन यो आसनको नियमित अभ्यास गर्नु राम्रो हुन्छ । यो आसनले पुरुष तथा महिलाको यौन ग्रन्थीलाई तन्दुरुस्त राख्ने भएको कारण यौन जीवन प्रभावकारी बनाउन मद्धत गर्छ । यो आसनको कारण यौनांगमा उत्तेजना बढ्ने गर्छ । यदी यौन इच्छा नभएर वैवाहिक जीवनमा समस्या देखिएको छ भने यो आसन नै प्रभावकारी औषधि हो । यो आसन नियमित गरे विस्तारै यो समस्या समेत हट्दै जान्छ ।

हनुमानासन : यो आसनले गुप्ताङ्गमा रक्त संचारलाई सहज बनाउने गर्छ जसको कारण तल्लो अंगको मांशपेशीमा तनाव कम हुने र लचिलोपन बढ्ने हुन्छ । जसले गर्दा सेक्सको समयमा कठिनाई कम हुने र चरमसुखको अनुभव हुन्छ ।

उष्ट्रासन : आसन गर्दा यौनांगमा रक्तसञ्चार सहज तरिकाले हुने हुदाँ सेक्सको समयमा शरीरमा सकरात्मक शक्ति सञ्चार हुने भएको कारण सेक्सको आनन्द उठाउन सक्नु हुने छ ।

          May 10, 2019 3:29 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...