यौन क्षमता बढाउने मन भए थाल्नुहोस योग, यी हुन् प्रभाकारी योगासन
काठमाण्डौँ, योगलाई पुर्णयता बैज्ञानिक विधि मानिन्छ । योगकै कारण विभिन्न रोगको निवारण तथा शरीर , मन र मस्तीष्क स्वस्थ्य राख्न सकिने मान्यता रहि आएको छ । योग स्वस्थ्य जीवनशैलीका लागि हरेक क्षेत्रमा उपयोगी रहदै आएको छ । औषधिको प्रयोग नगरि यौन क्षमता बढाउन चाहानेले योग गरि यौन क्षमता बढाउन सक्ने योग योग शिक्षकहरुको भनाई छ । योगका आसनहरुले मन र मस्तिष्कसँगै यौन क्षमता वृद्धि गर्न समेत सहयोगी हुन्छ । तपाई शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनु भयो भने मात्रै यौन सुख लिन सक्नु हुन्छ । तपाईको मानसिक र शारीरिक अबस्थाको सिधा प्रभाव यौनजीवनमा समेत परिरहेको हुन्छ ।
शरीरमा कुनैपनि किसिमको पिडा वा मानसिक पिडा भए सेक्सको समयमा चरम सुखसम्म नपुग्ने हुन सक्छ । गलत जीवनशैलीको कारण या जुनसुकै रोगको कारण पनि सेक्समा समस्या देखिएको हुन सक्छ । स्वास्थ्य र आनन्ददायी सेक्सको लागि तपाईले योग आसनको समेत साहार लिन सक्नु हुन्छ । औषधिको प्रयोग गर्नु भन्दा योगको साहार सबै भन्दा सुरक्षित हुने तर्क समेत बलियो रहेको छ । योगको कारण तपाईले आफुलाई युवाजस्तै बलशाली र फुर्तिलो राख्न सक्नुहुन्छ । तर यसकोलागि नियमित र सही जीवनशैलीको समेत आवश्यक्ता पर्दछ । जसको कारण तपाईले यौन क्षमता बढाएर वैवाहिक जीवन सुखी बनाउन सक्नु हुन्छ । यी योगासन नियमित गरेमा तपाईको यौन क्षमता बढ्ने निश्चित छ ।
पद्मासन : योगको यो आसनले मांसपेशी, पेट, मुत्राशय र घुडाँलाई मजबुद बनाउन सहयोग गर्छ । यो आसनले शरीरमा उत्तेजना बढाउनुकासाथै चरमसुखको अवधि समेत बढाउछ । यो आसन नियमित गरेमा तपाईले सेक्सको अवधिलाई बढाउन सक्नु हुन्छ । तपाईलाई कत्तिको थाहा छ । यो आसन सहज छ । योगीहरुले पलेटी कसेर बसेको त देख्नु भएको होला । त्यही आसन गरि कमरमाथीको भागलाई सिधा राखेर यो आसन गरिन्छ । दुबै हातलाई तिघ्रामा राखेर ध्यान मुद्रामा बसि सास नाकबाट मात्रै निकाल्ने गर्नुहोसे । यो क्रम लगातर गरे सेक्स क्षमता आएको परिवर्तन आफैले महशुस गर्नु हुने छ ।
हलासन : यौन उर्जा बढाउन यो आसनको नियमित अभ्यास गर्नु राम्रो हुन्छ । यो आसनले पुरुष तथा महिलाको यौन ग्रन्थीलाई तन्दुरुस्त राख्ने भएको कारण यौन जीवन प्रभावकारी बनाउन मद्धत गर्छ । यो आसनको कारण यौनांगमा उत्तेजना बढ्ने गर्छ । यदी यौन इच्छा नभएर वैवाहिक जीवनमा समस्या देखिएको छ भने यो आसन नै प्रभावकारी औषधि हो । यो आसन नियमित गरे विस्तारै यो समस्या समेत हट्दै जान्छ ।
हनुमानासन : यो आसनले गुप्ताङ्गमा रक्त संचारलाई सहज बनाउने गर्छ जसको कारण तल्लो अंगको मांशपेशीमा तनाव कम हुने र लचिलोपन बढ्ने हुन्छ । जसले गर्दा सेक्सको समयमा कठिनाई कम हुने र चरमसुखको अनुभव हुन्छ ।
उष्ट्रासन : आसन गर्दा यौनांगमा रक्तसञ्चार सहज तरिकाले हुने हुदाँ सेक्सको समयमा शरीरमा सकरात्मक शक्ति सञ्चार हुने भएको कारण सेक्सको आनन्द उठाउन सक्नु हुने छ ।
May 10, 2019 3:29 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला