मालिकप्रति कुकुरको बफादारी: आफू मरेर बचायो मालिकको ज्यान !
7 years अगाडी
Susma Dhakal
संसारभरि नै कुकुरको बफादारीका कथा प्रशस्तै छन्। भारतमा भएको एउटा घटनाले अर्काे एउटा कथा थपेको छ। कुकुरले आफू मरेर मालिकको ज्यान जोगायो। तमिलनाडु राज्यमा पर्ने तन्जावुर शहरमा दुई हप्ताअघि भएको घटना हो यो।
किसान नटराजन बगैँचामा काम गरिरहेका थिए।यत्तिकैमा उनको अगाडि पाँच फिट लामो गोमन सर्प देखियो। सर्प फणा उठाएर खडा थियो। नटराजनले केही सोच्न सकेनन्। सर्प उनलाई डस्नका लागि तयार थियो तर ठीक त्यही बेला पप्पु नामक उनको कुकुरले अकस्मात् सर्पलाई झम्ट्यो।
पप्पु सर्पसँग भिडेपछि नटराजन लट्ठी खोज्न घरतिर दौडे। लट्ठी बोकेर आइपुगेञ्जल सर्प मरिसकेको थियो। पप्पु पनि रगताम्य थियो। केही क्षणमा उसले प्राण त्याग गर्यो। नटराजन आफ्नो ज्यान बचाइदिने कुकुरलाई अँगालो हालेर रोए। तन्जावुर शहरमा पप्पुको बलिदानको कथा अहिले चर्चित छ।
May 10, 2019 6:31 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...