नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जनसम्पर्क समिति कुवेतले हातेमालो गर्दै, नयाँ सदस्यता पनि दिइने
कुवेत, ११ मे : नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा समितिको मासिक बैठकमा सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरीएको छ।
पार्टी केन्द्रिय कार्यालयको निर्देशनानुसार सो जागरण अभियान संचालन गर्न लागिएको हो। स्वदेशसँगै विदेशका ३३ देशमा यो अभियानलाई यथासिघ्र संचालनमा ल्याउन लागिएको छ। हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत रहेर राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भबारे पार्टीको धारणा सार्वजनिक गरिएको थियोे।

नेपाली कांग्रेसले संचालन गरिरेको अन्तर्राष्ट्रिय जागरण अभियानलाई सफल पार्नको लागि कुवेतमा रहनु भएका नेपाली कांग्रेस (प्रजातन्त्र, समाजबाद, लोकतन्त्र र प्रजातान्त्रिक पद्धति)मा आस्था राख्नुहुने सम्पुर्ण नेपालीहरुलाई यस अभियानमा सहभागी भइदिनको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध समेत गरेको छ।
साथै सो अभियान सँगसँगै नेपाली कांग्रेसको नयाँ सदस्यता लिन चाहने नेपाली कांग्रेससँग आस्थाबान नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई समितिले सदस्यता प्रदान समेत गर्ने बताएको छ।
कुवेतमा सम्पर्कका लागि :
कृष्णबहादुर तामाङ – ५१३३०५७७
राजेन्द्र बिरही – ६७७४९३६१
(Imo, Whatsapp, Viber)
कृष्ण पौडेल – ६६२१२३०९
May 12, 2019 12:34 am | Uncategorized,प्रवास,राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन