Wednesday 13th May 2026

गर्धन वा कुईनाको कालोपना हटाउन चाहनुहुन्छ ? अपनाउनुस् यी उपाय

7 years अगाडी

हामी सबैलाई आफ्नो सौन्दर्य कायम राख्न मन पर्छ। कहिले काही हाम्रो गर्धन वा शरीरका विभिन्न भागमा देखिएको कालोपनाले हामीलाई चिन्तित समेत बनाउछ। खास गरेर गर्धन वा कुईना जस्ता भागमा कालोपना आउने गर्दछ। आज हामीले तपाईको शरीरमा देखिएको कालोपना हटाएर सौन्दर्य फर्काउने विधिन्न उपायका बारेमा चर्चा गर्दैछौँ।

बनाउने विधि

कागती एउटा कागतीलाई गोलो तरिकाले ५ टुक्रा गरेर काटनुहोस्। त्यसपछि आधा कचौँरा दुध लिनुहोस्। त्यसपछि अघि काटेको कागतीलाई दुधमा डुबाउनुहोस्। त्यसपछि तपाईले बेकिंग सोडा लिनुहोस्। त्यसपछि आधाचम्चा भन्दा कम बेकिंग सोडा उकत दुध र कागतीमा राख्नुहोस्। त्यसपछि तपाईले त्यसलाई राम्रोसँग पिट्नुहोस्। त्यसपछि तपाईले उक्त दुधलाई करिब २० मिनेट छोडिदिनुहोस्।

त्यसपछि तपाईको कुन कुन भागमा कालो छ त्यही त्यही भागमा उक्त कागतीको टुक्राले मसाज गर्नुहोस्। याद रहोस् तपाईले कालो भागमा करिब ५ मिनेटसम्म मसाज गर्नुहोस् । त्यसपछि २० मिनेटपछि मात्र सफा पानीले धुनुहोस्। तपाईले यसको प्रयोग कम्तिमा दुई हप्तासम्म गर्न सक्यो भने तपाईको शरीरको कालो चम्किलो हुनेछ।

          May 12, 2019 1:45 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...