बिना बेहुली बेहुलाको मात्र बिहे, २ सय जना जन्ती, ८ सय जनालाई बिहेभोज
एजेन्सी। विवाहको लागि बेहुला र बेहुली दुवै हुनुपर्छ । तर, हालै एउटा यस्तो विवाह भयो जहाँ बेहुला मात्र थिए बेहुली थिइनन् । तैपनि यो विवाह धुमधामसँग भयो । बिहेमा २ सय जना जन्ती गए र ८ सय जनालाई बिहेभोज दिइयो । घटना गुजरातको हिम्मतनगरको हो ।
दैनिक भास्करको समाचारअनुसार २७ वर्षका अजय बरोटको सपना धुमधामले बिहे गर्ने थियो तर उनी मानसिक रुपमा कमजोर थिए । मनसिक अपांग भएकोले उनले बिहेको लागि बेहुली पाउन सकिरहेका थिउनन् तर कसैको बिहेमा जाँदा उनी आफूले पनि त्यस्तै गरी विवाह गर्ने इच्छा देखाउँथे । उनले यसबारेमा परिवारसँग पनि कुरा गर्थे । धेरै कोसिस गर्दा पनि बेहुली पाउन नसकेपछि उनको परिवारले बिना बेहुली अजयको इच्छा पूरा गर्ने निर्णय गरे ।
बिहेको दिन उनलाई बेहुला बनाएर सजाइयो । त्यसपछि उनलाई घोडामा बसालेर गाउँ घुमाइयो । उनको जन्तीको रुपमा २ सय जना सहभागी भए । घरनजिकै सामुदायिक भवनमा भव्य भोजको आयोजना गरियो जहाँ करिब ८ सय जना सहभागी भए । अजयका पिता विष्णुले उनका लागि बेहुली खोज्न असम्भवजस्तै भएकोले बिना बेहुली उनको इच्छा पूरा गरिएको बताए ।
May 14, 2019 5:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने