

दहीसँग खानै नहुने यी चिजहरु !

दूधबाट बनेको परिकारलाई दही भनिन्छ । दही जाडोमा भन्दा गर्मीमा धेरै खाइन्छ । दही खानु धेरै व्यक्ति मन पराउँछन् भने कम मात्रामा दही खान मन नपराउनेहरू पनि पाइन्छ । गर्मीमा यसको सेवनले शरीरमा शीतलता प्रदान गर्ने भएकै कारणले पनि मानिसहरू यसलाई गर्मीमा धेरै खान मन पराउँछन् । दहीको माग गर्मी मौसममा निकै बढ्छ भने जाडोमा घट्छ ।
हाम्रो स्वास्थ्यलाई दही सेवन गरेमा निकै फाइदा जनक साबित हुन्छ । बढी जसो मानिसहरूलाई दही सँग केही मिसाएर खाने आदत हुन्छ l तर, सबै खानेकुरा दही सँग मिसाएर खानु हाम्रो स्वास्थ्य लागी उचित हुँदैन l जस्तै केही चिजहरू दहीसँग एकसाथ खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् ।
दहीसँग खानै नहुने यी चिजहरु ।
केरा र दही : केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।
चीज र दही : आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।
मासको दालसँग दही : मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।
आँप र दही : गर्मी फलको राजा मानिने आँप हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ । यी दुई खानेकुरा एकै साथ सेवन गर्नाले शरीरमा टक्सिन निर्माण हुनसक्छ । किनकि दुई विपरीत हुन्, एउटा शीतकारक हुन्छ भने आँपले गर्मी हुन्छ l सो कारण यी दुई खानेकुरा सँगै सेवन नगरौँ l
– मेडिकल रिपोर्टहरुको सहयोगमा
May 15, 2019 7:43 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

