

काजु खानुहोस्, फाइदा आफैले थाहा पाउनुहुन्छ

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु एक प्रकारको मसला हो । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि हुन्छ । म्याग्नेसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइने हुदा यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । काजु खानाले हड्डी तथा दाँतलाई मजबुत राख्नुका साथै मांशपेशीलाइै स्वस्थ बनाउन मद्दत गर्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।
काजुमा प्रशस्त मात्रामा प्राकृतिक एन्टी अक्सिडेन्ट हुन्छ जसको सेवनले शरीरमा ट्यूमर तथा क्यान्सर रोग लाग्नबाट बचाउँछ । काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बनाउनुका साथै हाम्रो दिमाग तेजिलो बनाउँछ ।
काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज र रक्तचाप नियन्त्रणमा आएर हाम्रो मुटुलाई स्वास्थ्य रख्दछ । काजुमा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै यसले दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ ।
May 16, 2019 11:36 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

