

मोटाउने इच्छा छ ? त्यसोभए नियमित रूपमा खानुहोस् हाडे बदाम !

हाडे बदाम एक मसलाको प्रकार हो । यो खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै हाम्रो शरीरका लागि पनि फाइदाजनक हुन्छ । हाडे बदाममा शरीरलाई चाहिने भिटामिन तथा खनिज पदार्थ जस्ता पोषक तत्त्व पाइन्छ ।यसको सेवनले हाम्रो शरीरलाई स्वस्थ राखेर दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्दछ । हाडे बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस तथा म्याग्नेशियम प्रशस्त मात्रामा पाइनछ जसको सेवनले शरीरमा पाचन शक्ति बढाएर पेटसम्बन्धि रोगहरु निको पार्न मद्दत गर्छ ।
हाडे बदाममा प्राकृतिक रुपमा भिटामिन इ, एन्टीशक्सिडेन्ट पाइने भएकाले यसको सेवनले हाम्रो कपाल तथा त्वचालाई स्वस्थ तथा सफा बनाई राख्दछ । हाडे बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्छ जसका कारण यसले हाम्लाई क्यान्सर हुनबाट जोगाउँछ ।
यसमा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको मात्रा कायम गरेर हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ । बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।
May 17, 2019 11:18 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

