याद राख्नुहोस् यस्ता पाहुनाले घरमा समस्या लिएर आउने गर्छन्, त्यसैले भूलेर पनि बोलाउनु हुँदैन
नेपाली सभ्यता र सस्कृतिमा अतिथिलाई भवानको दर्जा दिने गरिन्छ । तर हरेक अतिथि भगवान हुन सक्दैनन्, केहीले आफ्नो साथमा विपत्तिहरू या समस्याहरू लिएर आउँछन् । मनुस्मर्ति मा यसको चर्चा गरिएको छ । मनुस्मृतिमा वर्णित एक श्लोक (पाषण्डिनो विकर्मस्थान्बैडालव्रतिकांछठान्। हैतुकान्वकवृत्तींश्च वाड्मात्रेणापि नार्चयेत्।।) को अनुसार कपटी एवम् जाली, धूर्त-चलाक, स्वार्थी तथा धर्मशास्त्रमा विश्वास नराख्ने मानिसलाई कहिलै अतिथि बनाउनु हुँदैन ।
कपटी एवम् जाली अतिथि : कपटी मानिसको सधैँ दुई अनुहारका हुने गर्दछ । यस्ता मानिसहरूले भित्रीले विचारले कसैको हित नचाहेपनि बाहिरी व्यवहार यस्तो गर्दछन् कि तपाईको लागि यो भन्दा ठूलो हितैषी मित्र अरू हुनै सक्दैनन् । यस्ता मानिसलाई धर्म र मानवतामा कुनै विश्वास हुँदैन । यसकारण आफ्नो आवश्यकता या हितका लागि यस्ता मानिस कुन बेला तपाईको दुश्मन बन्न पुग्दछन्, तपाईलाई नै थाहै हुँदैन । यस्ता मानिसले तपाईको पहिले विश्वास जित्ने गर्दछन् र पछी धोका दिने गर्दछन् । यसकारण तपाई चाहेर पनि बँच्न सक्नुहुन्न । यदि यस्ता मानिस तपाईको घरमा छन् भने यिनीहरूको उद्देश्य अझ सजिलै सफल हुन्छ । यस्तो अवस्थामा तपाईको हार निश्चित हुन्छ ।
धूर्त तथा चलाक : यस्ता किसिमको मानिसले तपाईलाई कुनै अन्य कुरामा अल्झाएर कुन बेला आफ्नो काम पुरा गर्दछन्, जसको जानकारी तपाईलाई नै थाहा हुँदैन । यिनीहरूको चलाकीले तपाईको नोक्सान पनि हुनसक्छ । यसकारण यदि तपाईलाई कसैको यस्तो स्वभाव बारे थाहा भएमा भूलेर पनि अतिथिको रूपमा यिनीहरूलाई घरमा राख्नु हुँदैन ।
स्वार्थी अतिथि : स्वार्थी मानिसहरू बिना उद्देश्य तपाईको घरमा कहिलै आउँदैनन् । यसकारण यदि कोही स्वार्थी व्यक्ति तपाईको घर अतिथि बनेर आएमा सबैभन्दा पहिले यो बुझ्नुहोस् कि उ अवश्य कुनै फाइदाको लागि तपाई कहाँ आएको छ । यस्ता मानिसलाई आफ्नो घरको अतिथि बनाउनु तपाईको लागि यसकारण नोक्सानदायक छ किनकी आवश्यक परेमा आफ्नो स्वार्थको लागि यिनीहरूले तपाईको घरमा भैरहेको नोक्सानलाई पनि वेवास्ता गर्ने गर्दछन् ।
May 17, 2019 5:38 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने