

पथरी रोगीका लागि प्याज अचूक औषधि, यस्ता छन् प्याजका गुणहरू

प्याज हामीले भान्सामा प्रयोग गरिरहने सामाग्रीमध्ये एक हो । जसलाई हामी तरकारी वा अचारका लागि प्रयोग गर्छौं । तर, तरकारी र अचारमा मिल्ने मात्र नभइ यसको औषधीय गुणपनि रहेको छ ।यसका अनेकौं औषधीय गुणहरु रहेका छन् । नेपाली, भारतीय तथा खासगरी दक्षिण एसियामा अत्यधिक खानामा प्रयोग हुने प्याज सेवन गर्दा पथरीको समस्याबाट बच्न सकिन्छ । प्रत्येक दिन प्याजको रस चिनीमा मिलाएर सरवत बनाएर पिउँनाले पथरीको समस्या अन्त्य हुने चिकित्सकहरु बताउँछन् ।
यस्तै प्याजको रस विहान खाली पेटमा पिउँनाले पथरी आँफै बाहिर निस्कने चिकित्सकको भनाइ छ । यसैगरी प्याजका कारण शरीरमा भएको खराव कोलेस्ट्रोल शरीरबाट बाहिर निस्किन्छन् । यस्तै यसले हर्टअट्याक तथा स्ट्रोक्सको खतरा कम हुन्छ ।शरीरमा कोलेस्ट्रोलको स्तर बढ्नाले हर्टअट्याक हुन्छ । प्याजको नियमित सेवनबाट शरीरमा राम्रो कोलेस्ट्रोलको स्तर बढाउँन मदतगार साबित हुन्छ ।
यस्तै प्याज दाँतका लागि पनि अचूक औषधि हो । प्याजको टुक्रालाई तावामा तताएर दाँतको तल दबाएर मुख बन्द गर्ने यो गरेमा १०–१२ मिनेटमा मुखमा लार जम्मा हुन्छ । यसलाई मुखको चारैतिर घुमाउँने र निकालेर फ्याँकी दिने । दिनमा ४–५ पटक ८–१० दिनसम्म पायरिया जरैदेखि समाप्त भएर जान्छ । दाँतको किरा पनि मर्दछन् । गिजापनि मजबुत हुन्छ । प्याजको सेवनले आँखाको ज्योती बढ्दछ । सेतो प्याजको रसमा मह मिलाएर सेवन गर्नाले दम रोगमा फाइदा हुन्छ ।
May 18, 2019 12:56 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

