त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु, तीनजनाकाे पहिचान खुल्यो (अपडेट)
धादिङ – धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको ज्यान गएको छ । एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमध्ये तीन जनाकाे पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाण्डाै चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डौ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत भएको छैन ।
प्रहरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस बन्छेटारको घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।घाइतेहरुको उपचारका लागि काठमाण्डाैलगायत अन्य अस्पताल पठाइएको छ । बसमा कतिजना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दाले उनीहरुको उद्धार गरेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमराज घिमिरेले जानाकारी दिनुभयाे । दुर्घटनाकाे कारण खुलेकाे छैन ।
May 19, 2019 9:54 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :