त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु, तीनजनाकाे पहिचान खुल्यो (अपडेट)
धादिङ – धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको ज्यान गएको छ । एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमध्ये तीन जनाकाे पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाण्डाै चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डौ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत भएको छैन ।
प्रहरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस बन्छेटारको घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।घाइतेहरुको उपचारका लागि काठमाण्डाैलगायत अन्य अस्पताल पठाइएको छ । बसमा कतिजना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दाले उनीहरुको उद्धार गरेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमराज घिमिरेले जानाकारी दिनुभयाे । दुर्घटनाकाे कारण खुलेकाे छैन ।
May 19, 2019 9:54 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन