दुबै मृगौला पिडित जनक सिङ आलेमगर लाई कुबेत बाट(एक लाख पचास हजार)आर्थिक सहयोग
सेवा नै धर्म बैदेशिक रोजगारिको शिलशिलामा कुवेत आउन भएका नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत का अध्यक्ष सुन बहादुर तामाङ,को पहलमा दुबै मृगौला पिडित जनक सिङ आलेमगर लाई (एक लाख पचास हजार)नेपाली रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

लामो समय देखी उपचार गराइरहेको दुबै मृगौला पिडित आले मगरको परिवारको आर्थिक स्थिति निकै नै दयनिय रहेको र हाल अहिले भरतपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेको पिडितले सहयोगको अपिल गरेको हुनाले सेवा नै धर्म हो कुनै पीडितको घाउमा मलमरुपि सहयोग गर्नु पर्छ भन्दै सहयोगी मन दिल भएको सुन बहादुर तामाङ,को पहलमा कुवेतमा विभिन्न ठाउँमा छरिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई एक एक केडी जम्मा गरी टोटल ( रु .१५०,०००(एक लाख पचास हजार ) अभियानमा सङ्गकलित गरी सो रकम Aman Exchange मार्फत नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य राम बहादुर लामा ज्यु को नाममा नेपाल पठाईयो थियो। र सो रकम आज राम बहादुर लामा ले पिडित जनक सिङ आलेमगर लाई हस्तान्तरण गरिएको छ।

वैदेशिक रोजगारीमा आएर विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्नुका साथै विविध क्षेत्रमा समस्यामा परेका व्यक्तिहरुलाई सेवा नै मानव धर्म हो भन्ने भाव बोकेर सधैं अगाडि बढ्ने यो अभियानमा साथ र सहयोग गर्नुहुने सम्पुर्ण कुवेतबासी नेपाली दाज्युभाई तथा दिदिबहिनी हरु लाई मुरि मुरि धन्यवाद दिनु भएको छ सुन बहादुर तामाङले
May 19, 2019 11:09 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन