धेरै डराउने लक्षण एन्जाइटी डिसअर्डरको हुनसक्छ ! यी हुन् यो रोगका कारण
बिना कारण बेला बेलामा निकै आत्तिने, डराउने र मुटु काम्ने जस्ता लक्षण एन्जाइटी डिसअर्डरको पनि हुन सक्छ । एन्जाइटी डिसअर्डर भन्नाले डर वा विना कारण नै भयवित हुने र चिन्ता लिने रोगलाई भनिन्छ ।एन्जाइटी डिसअर्डर भएमा मानिसमा अस्वभाविक तरिकाले बढी अत्तिने, डर मान्ने, छट्पटिने, विनाकारण नै भयभीत हुने , बढी चिन्तित हुने , बेचैनी रहने ,मनमा धरै कुरा खेलाउने, मानसिक रुपमा नकारात्मक सोचाइ बढी आउने हुन्छ । यसका साथै शरीरका विभिन्न भागमा अफ्टयारो महसुस हुने जस्ता लक्षण देखा पर्छन्
यसमा पनि आत्तिने र डरलाग्ने रोगका विभिन्न प्रकार हुने गर्छन् । यसमध्ये प्यानिक डिस्अर्डर भएकाहरुले भने विना कारण एक्कासी डर मान्ने, मुटु ढुकढुक हुने, सास लिन गार्ह्रो पर्ने र अफ्टयारो लाग्ने, हातगोडा चिसो हुने, रिङ्गटा चल्ने, हात काम्ने, पेट पोलेको जस्तो, घाँटीमा केही अड्केको जस्तो महसुश समेत गर्ने गर्दछन् । कतिपयलाईआफूलाई मर्छु होला वा लडेर बेहोस हुन्छु होला जस्तो, भयभीत र छाति कस्सिएको जस्तो हुने गर्छ । त्यसैले, यस्तो हुँदा बिरामीलाई तुरुन्त अस्पतालको आकस्मिक कक्षमा पुर्याउनुपर्छ र बिरामीलाई अक्सिजन दिएर राख्नुपर्ने अवस्था समेत हुन सक्छ । यसो गरेपछि बिरामीले सहजता महसुश गर्ने गर्छन् ।
तर यस रोगको राम्रोसँग औषधि उपचार नगरिएमा फेरि बल्झिने सम्भावना उत्तिकै रहन्छ । एन्जाइटी डिसअर्डर रोग वंशाणुगत पनि हुनसक्छ । यतिमात्र नभइ अधिक मद्यपान र लागू पदार्थ सेवनकर्ताहरुमा बढी देखिने गरेको पाइन्छ ।तनाव, घटना, दुःखद समाचार र धैरै चिन्तित व्यक्तिहरुमा यो रोग लाग्ने बढी सम्भावना रहन्छ । त्यसैले सम्बन्धित चिकित्सकबाट परार्मश लिने, फिजियोथेरापी, योगा, ध्यान गर्दा फाइदा हुन्छ ।यसका साथै अनुचित बिचारको पहिचान गरी सुधार गर्न तिर लाग्नुपर्छ । बिरामीको अवस्था पहिचान गरेर आवश्यक औषधोपचार गर्नुपर्ने आवश्यकता पनि हुनसक्छ ।
May 20, 2019 2:33 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला