संघीय नेपालमा प्रादेशिक मनसुनः ‘मनसुनी क्यालेन्डर’मा उतारचढाव
काठमाडौँ, ७ जेठ । आगामी मनसुन प्रदेशअनुसार फरक हुने भएको छ । मुलुकको पूर्वी र मध्यभेगमा केही कमजोर रहने मनसुन पश्चिमी भू–भागमा भने औसत रहने भएको हो । प्रदेश १, २ र ३ का अधिकांश भू–भागसहित प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने र अन्यत्र औसत वर्षा हुने मौसमविद्हरुको ठहर छ । सार्क मुलुक र म्यानमारसमेत आबद्ध दक्षिण एसियाली हावापानी दृष्टिकोण मञ्च (सास्कोप) ले नेपालसहित दक्षिण एसियाको मनसुन भविष्यवाणी गर्दै यस्तो बताएको हो ।
नेपाल, बंगलादेश र भुटानको मनसुन मिश्रित प्रकृतिको रहने सास्कोप विज्ञको ठहर छ । तर श्रीलंका र माल्दिभ्सको पूरै, भारतको दक्षिण र उत्तरतर्फ, पाकिस्तानको उत्तरी, उत्तर अफगानिस्तान र म्यानमारको दक्षिणी भू–भागमा औसत वर्षा नाघ्ने विज्ञहरुले बताएका छन् । हालै काठमाडौंैमा भएको सास्कोपको १४औं जमघटले नजिकिँदो मनसुनबारे यस्तो प्रक्षेपण गरेको हो ।
May 21, 2019 10:30 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो