क्यान्सर लगाउने कोषलाई नष्ट गर्ने गाँजर खानुका फाइदा
सलाद, तरकारी, अचार अथवा जुसको लागि प्रयोग गरिने गाँजर स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । यसलाई काँच्चै अथवा पकाएर खाए पनि सकिन्छ ।गाँजरमा रेसादार फाइबर पाइने हुनाले यसले छाला तथा शरीरको चिल्लोपन र चमकलाई जोगाएर छालालाई खुम्चिन नदि चाउरिपन हटाउछ । गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ । यसले कपालको वृद्धि गर्नुका साथै बाक्लो बनाएर सुक्खा हुनबाट बचाउँछ ।
गाँजर खानाले पिसाब साथै रगत पनि सफा हुने गर्छ र रगतको सर्कुलेसन राम्रो गरी उच्च रक्तचाप हुनेहरुको लागि निकै फाइदा गर्दछ । यसले खराब कोलस्टेरोललाई पनि हटाउँछ । यही कारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।
यसले गिजा बलियो बनाउनुका साथै दाँतमा एसिड उत्पादन गरेर मुख र दाँतको सड्नका लागि जिम्मेवार भएका किटाणुहरुलाई मार्न सहयोग गर्दछ । यसले आँखाको रेटिनाको स्वास्थ्यमा फाइदा गर्ने हुनाले आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै हामीलाई रतन्धो हुनबाट जोगाउँछ ।
यसले हाम्रो शरीरमा क्याल्सियम दिएर हड्डीको विकासमा सहयोग गर्छ । यसले खाना राम्रोसँग पच्न मद्दत गरी कब्जियत हटाएर दिसालाई नियमित बनाउँछ । यसले महिनावारी अनियमित भएको समस्या हटाउछ । गाँजर खानाले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ र फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउँछ । गर्भधारणका बेला गाँजर खानाले गर्भको बच्चाको विकासमा निकै सहयोग पुग्छ र गर्भ तुहिने सम्भावना पनि घटेर जान्छ ।
May 21, 2019 10:46 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड