साउदी अरबलमा किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ मनाइदै
शुक्र मोक्तान
यायोक्खाले यही जुन ७ तारिखमा दमामस्थित अल खायाम रेस्टुरेन्टमा किराँतीहरुको साकेला सीली नाच,विभिन्न झाँक्रीका साथै बृहत साँस्कृतिक कार्यक्रमगरी मनाइने भएको हो ।
“सम्पुर्ण मुन्दुमी किराँतीहरु एक हौँ,किराँत लिपि,भाषा र भेषभुषाको संरक्षण गरौँ ” भन्ने नाराका साथ मनाउन लागिएको चाड यायोक्खा साउदीको दोस्रोपटक हो । यसअघि यायोक्खाले साकेला उभौलीसँगै मौलिक चाड मनाउँदै आएको सह प्रवक्ता नवराज राईले जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकोो छ ।
नेपालमा बैशाख पुर्णिामाको दिन पारेर मनाइने उभौलीलाई साउदीमा भने समय अभावका कारण झन्डै तीन हप्तापछि मनाइने भएको छ । उक्त कार्यक्रममा यहिका लोकदोहोरी गायक इस्लाम मिया,प्रेम डिसी,गायिका लक्ष्मी तामाङ गायकहरु समिर राई,रन राई,बिमल राईले आआफ्ना प्रस्तुति दिने भएका छन् ।त्यसैगर शिरि राई,पुतली तामाङ,मुना तामाङ,दिक्षा थापा,मन्जु परियार,धन कुमारी पुन मगर लगायतले बेजोड नृत्य प्रस्तुति गर्नेछन् ।
रोजगारीका लागि साउदी आईपुगेका किराँत राईहरुले प्रवासमा कामबाट बचेका समयलाई मौलिक कला,संस्कृति,भाषा,लिपी लगायतलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले यायोक्खाको २०१७ फेब्रुअरीमा स्थापना भएको थियोे ।
बैशाख शुक्ल पूर्णिमा अर्थात् बसन्त ऋतुमा उभौली र मङ्सिर पूर्णिमा अर्थात् शरद ऋतुमा उधौलीलाई चाडको रुपमा बर्षमा दुईपटक यस चाडलाई मनाइन्छ । उभौली अन्नबाली सप्रियोस्,किराफट्याँङ्ग्रा,जंगली जनावरले दुःख नदिउन,सुख शान्ति,सुस्वास्थ्य,दैवी प्रकोप तथा विपत्ति नआओस् भनेर मनाइने गर्छन् । त्यसैगरी मंसिर पुर्णिामा अन्नबाली पाक्ने,आउँदो साल खाद्यान्नको अभाव नहोस् भनेर उधौली मनाउने गर्छन् ।
May 21, 2019 9:10 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन