सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र राखियो, उचाइ थाहा पाउन ६ महिना कुर्नुपर्ने
काठमाण्डौ – सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोलीले सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र जीएनएनएस (ग्लाेबल नेभिगेसन स्याटेलाइट सिस्टम सर्भे) जीपीएस राखेको छ । ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभरको माध्यमबाट यी मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरु संकलन गर्नेछ । बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको टोलीले सगरमाथाको शिखरमा यन्त्र जडान गरेर फर्किएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
नापी विभागको तर्फबाट रविन कार्की, गाईड छिरिङजाङबु शेर्पालगायतले शिखरमा यन्त्र जडान कार्य सम्पन्न गर्नुभएको हो । शिखरमा यन्त्र जडान गरेसँगै अन्य विभिन्न स्थानमा यस अघि नै राखिएका यन्त्रहरुसँग कनेक्सन गरिएको छ ।टोलीका दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरमा यन्त्र कनेक्सनको काम गरिरहेका छन् ।
शिखरमा राखेको यन्त्रसँग सोलुखुम्बुको पत्ताले लगायतका विभिन्न स्थानमा राखिएका यन्त्रसँग भएका तथ्याङकहरुले विश्लेषण गरेपछि मात्र सगरमाथाको वास्तविक उचाइ पत्ता लाग्ने यस अघि नै नापी विभागले बताएको थियो । तथ्याङकलाई अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिकले तथ्याङकलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरी उचाइ टुङ्गो लगाउन कम्तीमा ६ महिना लाग्ने नापी विभागले यस अघि नै बताइसकेको छ ।
यसअघि सन् १८५६ मा बेलायतका जर्ज एभरेष्टले सर्वे गरी ८,८४८ मिटर अग्लो रहेको निष्कर्षसहित विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए । उनकै नामबाट सगरमाथाको नाम माउण्ट एभरेष्ट राखिएको हो । यसको नेपाली नाम सगरमाथा बाबुराम अचार्यले राखेका हुन् । सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ समुन्द्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको बताएपछि नेपाललाई सगरमाथाको उचाइ नापेर प्रमाणित गर्न दबाब बढेको हो । यस पटक नेपाल पहिलो पटक सगरमाथाको उचाइ नापेको हो ।
May 22, 2019 9:53 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन