पायल्सको अप्रेसनमा आयुर्वेद डाक्टरको भर पर्दा ठूलो आन्द्रामै प्वाल
काठमाडौ । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै आइतबार पोखरास्थित ‘निदान आयुर्वेद क्लिनिक’ अगाडि बिरामीका आफन्तले प्रदर्शन गरेको छन् ।पोखरा महानगरपालिका २ अर्चलबोटका चाम बहादुर पुनको छोरा श्रीप्रसाद पुन लाई पायल्सको समस्या देखिएपछि बाग्लुङ बसपार्क छेवैको ‘निदान आयुर्वेद क्लिनिक’ भर्ना गरिएको थियो ।
क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले उनलाई फिस्टुलाको समस्या पनि भएको बताए । सोअनुसार फिस्टुलाको अप्रेसन भयो । अप्रेसनपछि ठिक होला भनेको त व्यथा झनै बढ्न थाल्यो ।बिरामीको व्यथा झनै बढ्न थालेपछि डाक्टरले वैशाख १० गते ‘मनिपाल अस्पताल’मा रेफर गरे । मनिपालमा भिडियो एक्स–रे गरेर हेर्दा बिरामीको ठुलो आन्द्रामा प्वाल परेको देखियो । आन्द्रामा प्वाल परेर पनि फोहोर यताउति निस्केको भिडियो रिपोर्टले देखाएको बिरामीका ठुुला बुबा चक्रबहादुर पुनले बताए ।
उनले क्लिनिकले बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै डाक्टरमाथी कडा भन्दा कडा कारबाही गरिनुपर्ने माग गरे । बिरामीको भविष्यको जिम्मेवारी लिनुपर्ने साथै उपचारको सम्पूर्ण खर्च क्लिनिकले बेहोर्नु पर्ने माग गर्दै आफन्तले क्लिनिकमा ताला समेत लगाइ दिएका छन् ।
आन्दोलनको ‘नेतृत्व नेपाल पुनमगर संघ, कास्की’ले गरेको थियो । आन्दोलनका अगुवा खेम पुनमगरले माग सुनुवाई नभएमा वृहत संघर्षमा उत्रिने चेतावनी दिए ।‘आज हामीलाई पर्यो भोली अरुलाई पर्न सक्छ । त्यसैले न्यायप्रेमीहरु एकजुट भएर न्यायका लागि लडौं,’ उनले भने, ‘यदी हाम्रो माग सुनुवाई भएन भने वृहत आन्दोलनमा उत्रिन्छौं ।’
May 22, 2019 10:56 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय