

पायल्सको अप्रेसनमा आयुर्वेद डाक्टरको भर पर्दा ठूलो आन्द्रामै प्वाल

काठमाडौ । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै आइतबार पोखरास्थित ‘निदान आयुर्वेद क्लिनिक’ अगाडि बिरामीका आफन्तले प्रदर्शन गरेको छन् ।पोखरा महानगरपालिका २ अर्चलबोटका चाम बहादुर पुनको छोरा श्रीप्रसाद पुन लाई पायल्सको समस्या देखिएपछि बाग्लुङ बसपार्क छेवैको ‘निदान आयुर्वेद क्लिनिक’ भर्ना गरिएको थियो ।
क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले उनलाई फिस्टुलाको समस्या पनि भएको बताए । सोअनुसार फिस्टुलाको अप्रेसन भयो । अप्रेसनपछि ठिक होला भनेको त व्यथा झनै बढ्न थाल्यो ।बिरामीको व्यथा झनै बढ्न थालेपछि डाक्टरले वैशाख १० गते ‘मनिपाल अस्पताल’मा रेफर गरे । मनिपालमा भिडियो एक्स–रे गरेर हेर्दा बिरामीको ठुलो आन्द्रामा प्वाल परेको देखियो । आन्द्रामा प्वाल परेर पनि फोहोर यताउति निस्केको भिडियो रिपोर्टले देखाएको बिरामीका ठुुला बुबा चक्रबहादुर पुनले बताए ।
उनले क्लिनिकले बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै डाक्टरमाथी कडा भन्दा कडा कारबाही गरिनुपर्ने माग गरे । बिरामीको भविष्यको जिम्मेवारी लिनुपर्ने साथै उपचारको सम्पूर्ण खर्च क्लिनिकले बेहोर्नु पर्ने माग गर्दै आफन्तले क्लिनिकमा ताला समेत लगाइ दिएका छन् ।
आन्दोलनको ‘नेतृत्व नेपाल पुनमगर संघ, कास्की’ले गरेको थियो । आन्दोलनका अगुवा खेम पुनमगरले माग सुनुवाई नभएमा वृहत संघर्षमा उत्रिने चेतावनी दिए ।‘आज हामीलाई पर्यो भोली अरुलाई पर्न सक्छ । त्यसैले न्यायप्रेमीहरु एकजुट भएर न्यायका लागि लडौं,’ उनले भने, ‘यदी हाम्रो माग सुनुवाई भएन भने वृहत आन्दोलनमा उत्रिन्छौं ।’
May 22, 2019 10:56 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

