जितको नजिक छौ : भारतलाई जितेरै फर्किन्छौ
काठमाडौ । भारतिय भूमिमा नेपाली छोरा छोरीले दुनियाँ चकित हुने क्षमता देखाइरहेका छन् । फेरी अब अर्को खुशीको खबर नजिक छ । पछिल्लो समय भारतीय विभिन्न रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र सहभागीताहरु निकै बढिरहेको मात्र हैन अब्बल समेत बन्दै आएका छन् ।कतिपय नेपालीहरुले त शोको उपाधी नै उचालेका छन् भने कतिले शोमा देखाएको आफनो प्रतिभाको कारण नै बलिउडमा सक्रियरुपमा काम गरिरहेका छन्। यतिबेला पनि भारतीय रियालिटी शोमा नेपालका २ बालकहरुले तहल्का मच्चाईरहेका छन् ।
जि टिभीबाट प्रसारण हुँदै आएको भारतकै चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा इटहरीका ११ बर्षीय प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले तहल्का मच्चाईरहेका छन्। उनीहरुले नेपालीहरुको मात्र होईन भारतीयहरुको पनि मन जित्दै आफनो यात्रा शोमा अगाडी बढाईरहेका छन्।उत्कृष्ट पर्फमरको रुपमा देखिँदौ प्रितम आचार्यको प्रस्तुतीलाई भारतीयहरुले पनि प्रशंसा गर्दै आएका छन् भने बलिउडका चर्चित कलाकारहरुले समेत उनको सामाजिक सञ्जालमाफर्त प्रशंसा गरिसकेका छन्। उता रोमाण्टिक अनि सफ्ट गीतमा निकै रुचाईएका आयुष केसीले पनि सबैको मन जितिरहेका छन्। यी दुबैले भारतीय प्रतिष्पर्धीहरुलाई कडा टक्कर दिँदै नेपाल र नेपालीहरुको प्रतिनिधित्व जनाईरहेका छन्। यसबीचमा शोमा यी दुबै जना टप ९ मा पुग्न सफल भएका छन्।
आइतबार राती भएको कार्यक्रममा उनीहरु टप ९ मा छानिएका हुन् । फ्रेब्रुअरी ९ बाट सुरु भएको “सारेगमप लिटिल च्याम्स” मा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन्।अब उनीहरुलाई आगामी यात्राका लागि भोटको पनि आवश्यकता पर्नेछ । दुबै जनालाई थप सफलताका लागि हाम्रो शुभकामना ‘ । भोटका लागि सजिलो बनाउन सक्दो सेयर गरिदिनुहोला ।
May 22, 2019 11:16 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन