चुनावमा ठूलो सफलता मिलेसँगै मोदीले हटाए ट्वीटरबाट ‘चौकीदार’ शब्द
एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ को लोकसभा चुनावमा बीजेपीलाई प्राप्त ठूलो सफलतासँगै आफ्नो ट्वीटर आइडीबाट चौकीदार शब्द हटाएका छन्।यसअघि काँग्रेसको चौकीदार चोर हुन् भन्ने आरोपको जवाफमा प्रधानमन्त्री मोदीसहित क्याविनेटका प्राय सबै मन्त्रिले आफ्नो ट्वीटर आइडीको नाम अगाडि चौकीदार राखेका थिए।
भारतीय काँग्रेस पार्टी र राहुल गान्धीले चुनावभरी लगातार ‘चौकीदार चोर हुन’ भनी नारा लगाएका थिए। जसको जवाफमा मोदीले १७ मार्चमा चौकीदार जोडेका थिए जसलाई उनले बिहीबार हटाएका हुन्।
उनले चौकीदार शब्दलाई हटाउदै ट्वीट पनि गरेका छन्। ट्वीटमा उनले भने– ‘चौकीदारको भावनालाई अब अर्को स्तरमा लाने समय आएको छ। र यो भावनालाई प्रत्येक क्षणमा जिवित राख्दै भारतको विकासमा निरन्तर लाग्नुहोस्।’ साथै उनले ट्वीटरबाट चौकीदार शब्द हटाएपनि आफ्नो मनमा सधै रहीरहने बताएका छन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :