

भारतको निर्वाचन परिणाम : ओली उत्साहित, देउवा निरास !

काठमाडौं। भारतको सम्पन्न १७ लोकसभा निर्वाचनको मत परिणामले भारतीय जनता पार्टी भाजपाले प्रचण्ड बहुमत ल्याउने देखिएको छ। योसँगै भारतको इतिहासमा पहिलो पटक दुई कार्यकाल गैर–कांग्रेसी सरकार गठन हुने भएको छ। भारतमा गैर कांग्रेस नेतृत्वमा यसअघि लगातार दुई कार्यकाल पूर्ण बहुमतको सरकार गठन भएको इतिहास छैन।यो चुनावमा भारतीय जनता पार्टीको सरकार गठन हुनेमा कुनै द्विविधा थिएन र तर जसरी मोदीको पक्षमा लहर देखियो, त्यसको शायदै अनुमान थियो। २०१४ को निर्वाचनमा मोदीले जनता समक्ष गरेको वाचा पूरा नगरेको नोटबन्दी, भ्रष्टाचार झन बढेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले आक्रमक चुनावी प्रचार गरेको थियो।
अझ कांग्रेस आइ अध्यक्ष राहुल गान्धीले चुनावको मुखमा आफ्नी बहिनी प्रियंका गान्धीलाई चुनावी प्रचारको जिम्मेवारी दिएपछि त भारतीय संचारमाध्यमले प्रियंका गान्धीलाई इन्धिरा गान्धीसँग तुलना गर्दै प्रियंकाको उपस्थिति भाजपाकालागि कडा सावित हुने अनुमान लगाएका थिए। सात चरणमा सम्पन्न भएको १७ औं लोकसभा निर्वाचनको परिणाम बिहीबार आउनु सुरु हुने वित्तिकै भारतभर मोदी लहर देखियो। चुनावी परिणाम आइनसक्दै कांग्रेस आई अध्यक्ष राहुल गान्धीले पार्टीको हार स्वीकार गर्दै मोदीलाई जितको लागि बधाइ नै दिए। राहुलको पार्टी र गठबन्धनमात्रै चुनावमा हारेर राहुल स्वयं पनि उत्तर प्रदेशको अमेठी सिटबाट स्मृति इरानीसँग झण्डै ५५ हजार मतले पराजित भए।
सुरुमा मोदी सरकारप्रति जनताले ठूलो अपेक्षा गरेका थिए। मोदीले पनि निकै लोकप्रिया नारा दिएका थिए। तर पाँच वर्षको अवधिका जनता समक्ष गरेका वाचा पूरा नगरेको भन्दै यो पटक त्यसको फाइदा कांग्रेस गठबन्धनले लिने अनुमान गरिएको थियो। तर निर्वाचन परिणामले भारतका तत्काल मोदीको विकल्प कोही देखिएन।सरकारले जनतासमक्ष गरेको वाचा पूरा गरेन भने पनि जनताले भरपर्दो शक्ति नपाएसम्म तत्काल सरकारको विकल्प खोज्दो रहेनछ भन्ने उदाहारण भारतीय निर्वाचनबाट देख्न पाइयो। योबीचमा मोदीको धेरै आलोचना भयो। अतिवादी हिन्दूवादीलाई प्रोत्साहन गरेको, अल्पसंख्यक जनतालाई कर्नरमा पारेको भन्दै सरकार अतिवादी बाटोमा अगाडि बढेको आरोप लाग्ने गरेको थियो। तर निर्वाचनमा जनताले त्यही सरकारलाई अनुमोदन गरेको छ।
अहिले नेपालमा पनि दुई तिहाइ सरकारको बहुमत छ। सरकारले निर्वाचनमा जनतासमक्ष गरेका वाचा पूरा नगरेको भन्दै सरकारको चर्को आलोचना हुने गरेको छ। दुई तिहाइ सरकारले पनि काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेस आगामी निर्वाचनमा जनताले सरकारको विकल्प खोज्छन् र आफू पुन सरकारकाे नेतृत्व गर्न पाइन्छ भन्ने सोचमा देखिन्छ।कतिपय कांग्रेस नेताहरुले वर्तमान सरकार अहिले कै गतिमा चल्ने हो भने आगामी निर्वाचनमा कांग्रेसले उम्मेद्वार मात्रै उठाए पुग्ने मतसमेत माग्नु नपर्ने बताउँथे। सरकार अलोकप्रिय भयो भने त्यसको फाइदा प्रतिपक्षलाई पुग्छ भन्ने सोच भारतको कांग्रेस आइ र नेपालमा नेपाली कांग्रेसमा देखिएको थियो। तर भारतको निर्वाचनले सरकार अलोकप्रिय नै भएपनि प्रतिपक्ष सशक्त नहुँदा त्यसको फाइदा सरकारले नै लिने रहेछ भन्ने देखाएको छ।
सरकारका गलत कामको विरोध गर्नपनि शसक्त प्रतिपक्ष चाहिन्छ। सरकारको राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने प्रतिपक्षको धर्म हो। तर यतिले मात्रै चुनाव जित्न वा सरकारको विकल्प हुनकालागि प्रयाप्त हुँदैन। त्यसकालागि पार्टीको संगठन, आन्तरिक एकता अपरिहार्य हन्छ। जुन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा देखिएको छैन। संगठन सुदृढिकरण र सरकारको गलत कामको खबरदारी गर्ने भन्दै कांग्रेसले यतिबला ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान संचानल गरिरहेको छ। तर कांग्रेस नेताहरु संगठन सुदृढिकरण भन्दा पनि पार्टी नेताहरुकै विरोधमा समय खर्चिरहेका छन्। कांग्रेसमा घात र अन्तरघातको राजनीति धेरै हुने गर्छ। निर्वाचनमा आफूले टिकट नपाए घात गर्ने कांग्रेसभित्रको पुरानो रोग हो।
अहिले पनि त्यो रोग कांग्रेसमा देखिएको छ। त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सम्पूर्ण ध्यान सरकारका क्रियाकलापप्रति केन्द्रित गरेका छन्। सरकार निरंकुश बन्दै गएको, संविधान विरोधी विधेयक संसदमा दर्ता गराएको र एकपछि अर्को असंवैधानिक काम गर्दै गएको भन्दै कांग्रेसले सरकारका गलत कामको निगरानी गर्न छायाँ सरकार पनि गठन गरेको छ।सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना भइरहेपनि कांग्रेसले जनतालाई आकर्षित गर्ने कुनै कार्यक्रम ल्याउन सकेको छैन। भारतीय निर्वाचन परिणामपछि केपी ओली नेतृत्वको सरकारले राहत महशुस गरेको हुनुपर्छ भने कांग्रेसले राहुल गान्धीबाट धेरै पाठ सिक्नु पर्ने हुन्छ।
May 24, 2019 12:14 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

