मोजा गनाउने समस्याले चिन्तित हुनुहुन्छ भने अपनाउनुहोस यस्ता उपायहरु
एजेन्सी । गर्मीको समय सुरु भए संगै धेरै मानिसहरुमा देखिने समस्या मोजा गनाउने हो । खुट्टामा रहेका ब्याक्टेरियाले गर्दा हाम्रो मोजा गनाउने गर्छ त्यसैले मोजा नगनाउन दिनको लागी खुट्टाको सरसफाई राम्रोसँग गर्न जरुरी हुन्छ । खुट्टा गनाउने समस्याले गर्दा धेरै मानिसहरु चिन्तामा रहने गर्छन् । धेरै उपायहरु अपनाउँदा पनि यो समस्याबाट मुक्त भएको पाइदैन । मोजा गनाउने समस्याबाट छुटकारा पाउन मद्धत गर्ने केही उपायहरु यस्ता छन् –
१ खुट्टा सफा गर्दा व्याक्टेरिया मार्ने साबुन प्रयोग गर्नुहोस् । विशेषगरी औलाको कापलाई राम्रोसँग धुनुहोस् । खुट्टा तथा औलाका कापलाई सुख्खा राख्नुहोस् । यदि औलाका कापलाई राम्रोसँग सफा नगर्ने हो भने त्यहीबाट किटाणु पैदा हुन्छन् ।
२ जुत्ता लगाउनुभन्दा पहिला मोजामा पसिना रोक्ने औषधी राख्नुहोस् । खुट्टा गन्हाउने मुख्य कारण भनेको पसिना बढी आएर हो । यसकारण मोजा लगाउनु अघि पसिना अनाउने औषधीलाई मोजामा राख्नुहोस् जसले गर्दा पसिना आउदैन् ।
३ खुट्टामा लगाउने विभिन्न पाउडर बजारमा किन्न पाइन्छ । यदि खुट्टा गन्हाएर हैरान हुनुभएकाृे छ भने यस्तो पाउडर किनेर लगाउन सक्नुहुन्छ । यस्ता पाउडरले पसिनालाई सोस्दछन् र गन्धलाई कम गर्दछन् ।
४ भिनेगर ९एक प्रकारको अमिलो० मिसाएको पानीमा १५ मिनेट खुट्टा डुबाएर राख्ने हो भने पसिना निकै कम आउँछ । यस्तो पानीले गन्ध कम गराउनुका साथै व्याक्टेरिया पैदा हुन पनि दिदैन ।
५ बाहिर निस्कदा सकेसम्म जुत्ता नलगाउनुहोस् । जुत्ताको सट्टा चप्पल लगाउनु भयो भने तपाईको खुट्टामा पसिना जम्मा हुन पाउँदैन । साथै चप्पल लगाउँदा पसिना पनि कम आउने गर्दछ ।
६ मोजा तथा खुट्टा गन्हाउने एउटा कारण भनेको सधैं एउटै मोजा लगाउनु हो । यो समस्याबाट मुक्त हुनका लागि मोजालाई फेरिराख्नु पर्दछ । यदि सक्नुहुन्छ भने पसिनाले मोजा भिज्नासाथ खुट्टा धुनुहोस् र अर्को फेर्नुहोस् । यदि खुट्टा धुने ठाउँ नभएको ठाउँमा जानुभएको छ भने पसिना पुछ्ने पेपर लिएर जानुहोस् र आफ्नो पसिना पुछ्नुहोस् ।
७ बजारमा पाइने ल्याभेण्डर (एकप्रकारको सुगन्धित फूल)को तेल प्रयोग गरेर पनि खुट्टा तथा मोजा गन्हाउने समस्याबाट मुक्त हुन सकिन्छ । ल्याभेण्डरमा किटाणु मार्ने तत्व रहेका हुन्छ । यस कारण आधा लिटर तातो पानीमा ३ थोपा ल्याभेण्डरको तेल राख्नुहोस् र १५र२० मिनेट त्यो पानीमा आफ्नो खुट्टा डुबाउनुहोस् ।
May 24, 2019 12:22 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड