बिहान उठ्दा मुखमा अमिलो पानी आउँछ ? यस्तो हुन सक्छ कारण
हामीलाई कहिलेकाहीँ मुखबाट अमिलो पानी आउने समस्या हुन सक्छ । धेरै जसो मानिसमा देखिने यो समस्या प्रायः बिहानको समयमा हुने गर्छ ।हाम्रो पेटमा रहेको एसिडलगायतका विभिन्न तरल पदार्थ खाने नली हुँदै माथि आएमा यस्तो अमिलो पानी आउने हुने गर्छ । स्वस्थ मानिसमा खाने नली र पेटकोबीच कसिलो मासु भएको हुन्छ जसले गर्दा एसिड माथि आउन पाउँदैन । तर, कुनै बेला पेटको विभिन्न समस्याले त्यो कसिलो भाग खुकुलो हुन गई एसिडमाथि आइ अमिलो पानी आउने समस्या देखा पर्दछ । हामीलाई ग्यास्ट्राइटिस, रिफ्लक्स डिजिज अल्सर, खाने नलीको मांशपेशीको समस्या हुदा यस्तो हुने सम्भावना बेसी हुन्छ ।
साथै पित्तथैलीमा ढुङ्गा हुनु वा अन्य पित्तथैलीको समस्या तथा आन्द्राहरु माथि फोक्सोतिर आउने समस्याका कारणले गर्दा पनि बिहान पख हाम्रो मुखबाट यस्तो अमिलो पानी आउने समस्या देखा पर्ने गर्दछ ।मुखबाट अमिलो पानी आउदा हामीलाई टाउको दुख्ने, छाती पोल्ने, पेट पोल्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने तथा निल्न गार्हो हुने जस्ता समस्याहरु देखा पर्न सक्छन ।
यो धेरै ठुलो समस्या नरहेको र एकपटक सन्चो भएपनि फेरि–फेरि बल्झिन सक्ने भएकाले हामीले हाम्रो दैनिक कार्य तथा खानपिनमा विशेष ध्यान पुर्याउनुपर्छ । यस्तो समस्या बारम्बार देखा पर्दा हामीले हाम्रो तौल घटाउने, चिया, कफी तथा बजारमा पाइने चिसो पेय पदार्थ तथा रक्सी, चुरोट र सूर्तीजन्य पदार्थ आदिको सेवन गर्नु हुँदैन । अमिलो, पिरो तथा चिल्लो खानेकुरा सकेसम्म कम खाने, पानी धेरै पिउने, धेरैबेर भोकै खाली पेट नबस्ने र एकैचोटि धेरैभन्दा पनि थोरै थोरै धेरैपटक खाने बानी बसाउने गर्दा यो समस्याबाट मुक्त हुन सकिन्छ ।
May 24, 2019 4:41 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला