

कपाल तथा छालाको सौन्दर्यको लागि तोरीको तेल उपयोगी

हामीले तोरीको तेललाई हाम्रो भान्सामा दैनिक तरकारी पकाउन वा अन्य विभिन्न कामका लागि उपयोग गर्छौं । तोरीको तेलमा धेरै यस्ता तत्व पाईन्छ, जो स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । साथै यसलाई दुखाई निवारकको रूपमा पनि प्रयोगमा गर्न सकिन्छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यस्ता फ्याट तथा चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन र यसले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्याउछ ।
तोरीको तेलले खराब कोलेस्टेरोल घटाई र असल कोलस्टेरोल बढाउँछ मद्दत गर्छ । विभिन्न अनुसन्धानहरु बाट तोरीको तेलमा क्यान्सर विरुद्ध लड्ने तत्व पाइएको प्रमाणित भएको छ यसको सेवनले पेट तथा कोलोन क्यान्सरको रोकथाम गर्छ । यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।तोरीको तेलले छालामा मसाज गर्दा रक्त सन्चार प्रणालीलाई सक्रिय गर्दै जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । रुघा लागेको बेलामा तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने गर्दा यसले श्वासप्रश्वास नली तथा घाँटीलाई सफा पारेर रुघा निको पार्छ ।
तोरीको तेलको उपयोगले दमको आक्रमणलाई रोक्न सकिन्छ । तोरीको तेलले रौं छिद्रलाई खोलेर छालाबाट विषालु तत्त्वलाई बाहिर निकाल्छ । यसले रिङ्कल तथा एजिङको समस्याबाट पनि जोगाउँनुका साथै हाम्रो अनुहार तथा छालामा भएको ट्यान र डार्क स्पट्सलाई हटाउँछ ।तोरीको तेलल अत्यन्त राम्रो सनस्क्रिन हो जसले हाम्रो छालालाई सुख्खा हुन नदिकन इन्फेक्सन र र्यासेजबाट जोगाउँछ । तोरीको तेलले केशलाई असमयमा सेतो हुनबाट जोगाउँछ । केशलाई तोरीको तेल प्रयोग गरी मालिस गर्नले मष्तिष्कको कार्यक्षमता बढाउनुका साथै कपालमा चायाँ पर्न नदिकन कपाल झर्नबाट जोगाउँछ ।
May 25, 2019 3:21 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

