मदन आश्रित स्मृति दिवसका साथै क्षेत्रीय भेला सम्पन्न
राजु खनाल
साउदि अरब – प्रबासी नेपाली एकता मंच, साउदी अरबले एक कार्यक्रमको आयोजना गरी २६ औ मदन आश्रित स्मृति दिवस साउदी अरबको अल हासामा मनाएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष प्रबासी नेपाली मंचले विभिन्न कार्यक्रम गर्दै मनाउदै आएकोमा यस पाली प्रबासी नेपाली मंच र नेपाली जन प्रगतिशील मंच एकीकरण भई बनेको प्रबासी नेपाली एकता मंचले मनाएको हो ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाइएको हो।
मंचका संयोजक शिबराज जैसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य यम लामाले दिएका थिए भने संचालन सचिब राजु खानालले गरेका थिए ।
कार्यक्रममा तत्कालिन प्रबासी नेपाली एकता मंच र नेपाली जनप्रगतिशील मंचका अध्यक्षहरु क्रमशः बलराम गिरी र कमल शाही “निर्मल” ले मदन आश्रित दिवस मनाउनुको कारण र यसले नेपाली राजनितीमा राख्ने महत्वको बारेमा प्रष्ट पारेका थिए । उनीहरूले भण्डारीको जनताको बहुदलीय जनवाद अहिले पनि सान्र्दभिक रहेको बताउँदै उनी जस्तो नेता देशलाई खाँचो भएको बताएका थिए ।

भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लागेका थिए । उनी तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य हुँदै २०४६ सालदेखि पार्टीको महासचिव बनेका थिए ।
विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक विचारको प्रतिपादन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुगेका थिए ।
डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल भएका जननेता भण्डारीलाई एक चर्चित अमेरिकी पत्रिकाले कार्ल माक्र्स नेपालमा जीवित छन् भनेर लेखेको थियो ।
क्षेत्रीय कमिटी गठन
प्रबासी नेपाली एकता मंचले सोही कार्यक्रममा गोविन्द वलीको संयोजकत्वमा अलहासा क्षेत्रीय कमिटी गठन गरेको छ । जसको सचिबमा प्रकाश रोका सह सचिव युवराज खड्का र कोषाध्यक्षमा पदम कार्की रहेका छन । यसैगरी सदस्यहरुमा सुदर्शन बराल, पुर्ण गुरुङ ,प्रेम लिम्बू ,योगराज रावत, सोम नेपाली, सुक बहादुर रोका मगर, निर्छा राना, महेन्द्र घर्ती , प्रबिन परियार, ललित लिम्बू , सुबिन लिम्बू , प्रकाश केसी, भिम लिम्बू , राजन लामा, निमा लामा, बिशाल दराई, रुपेश भाजी, राम बहादुर मगर, अनिल चौधरी , किरण चौधरी , भल कुमार लिम्बू , रामचन्द्र घिमिरे र अार्यन चौधरी रहेका छन ।
नब निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई संयोजक शिबराज जैसीले बधाई एबम शुभकामना दिदै खादा ओडाएर सम्मान गरेका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप