गलत सामाजिक र साँस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ : राष्ट्रपति
गरूक समुदाय अग्रसर हुन आवश्यक रहेको बताएकी छन्। बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौंडामा मानव अधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको आज उद्घाटन गर्दै उनले यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत बन्न गई मानव जीवन सुखी र सम्पन्न हुने उल्लेख गरिन्।
राज्यले अँगालेका राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रूपमा समाजलाई परिचालित गर्ने चेतनशील र जामहत्वपूर्ण प्रावधानको प्रभावकारी कार्यान्वयनले महिलाको चौतर्फी विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘सदियौंदेखि समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक तथा साँस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्न अझै ठूलो परिश्रम र मेहेनत गर्नुपर्छ।’ स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाज निर्माण गर्ने राज्यको लक्ष्य रहेको बताउँदै उनले मौलिक हकको रूपमा संविधानमै असहाय र एकल महिलाको लागि सामाजिक सुरक्षाको व्यवस्था गरेको बताइन्।
राष्ट्रपति भण्डारीले भनिन्, ‘मुलुकमा महिला उत्थान र विकासका लागि सकारात्मक विभेद नीति र कानुनसमेत तर्जुमा भएका छन्, देशमा रहेका सामाजिक र सांस्कृतिक कुरीति, कुसंस्कार र कुप्रथाको अन्त्य गर्ने संवैधानिक सङ्कल्प छ।’’ समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक र संवैधानिक दृष्टिकोणले आधारभूत रूपमा समाजमा भेदभाव टुङ्गिए पनि सामाजिक, साँस्कृतिक र आर्थिक पाटोबाट भने भेदभाव अझै हट्न बाँकी नै रहेको बताए।
उनले भने, ‘सामाजिक चेतना र जागरणका माध्यमबाट समाजमा देखिएका विभेद अन्त्य गर्नेतर्फ हाम्रो प्रयास छ। यसका लागि सामाजिक अभियान चलाउनुपर्छ।’महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एकल महिलाको हक अधिकार र सम्मानको लागि २५ वर्षदेखि थालिएको अभियानले मुलुकभरका महिलालाई सङ्गठित गर्न सफल भएको बताइन्। उनले भनिन्, ‘सामन्ती संस्कार बोकेको नेपाली समाजबाट अझै पनि महिला घरेलु हिंसाको शिकार हुँदै आएका छन्, यस्ता विकृति, विसङ्गति र अत्याचारविरूद्ध सामाजिक अभियान चलाउनुपर्ने अवस्था छ।’
May 26, 2019 11:20 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :