नेपालको अपमान गर्दै अत्यन्त पवित्र र आस्थाको केन्द्र मानिने सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरे यी नागरिकले
विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेका छन् । अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले अत्यन्त पवित्र र आस्थाको केन्द्र मानिने सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेका हुन् ।ह्युज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखिएको छ ।
‘आज सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ’, करिम शाह निजारीले ट्वीटमा तस्वीर राखेर भनेका छन्, ‘भर्जिन आइल्यान्डका ३६ वर्षीय ह्युज ए रेक्सहनले स्थानीय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन् ।’
करिम शाह निजारीले हस्तमैथुन गर्दै गरेको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ट्वीट गरेका छन् । रेक्सहन बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् । अमेरिकन नागरिकले विश्वकै सर्वोच्च शिखर सथरमाथाको चुचुरोमा पुगेर गरेको यो दुश्सासको चौतर्फी विरोध भएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी