‘भारतीय रेल छिट्टै काठमाडौं पुग्छ, चिनियाँ रेल कल्पना हो’
नयाँ दिल्ली । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) का भारततर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोश्यारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने बताएका छन् । नयाँ दिल्लीमा ऋषि धमलासँगको कुराकानीमा उनले चाँडो नेपालमा भारतीय रेल पुग्ने बताएका हुन । केसियारीले चिनियाँ रेल ल्याउने विषय कल्पना मात्र भएको बताएका छन ।
‘हामी जतिसक्दो चाँडै काठमाडौंसम्म भारतीय रेल पुर्याउँछौं । उनले भने ‘ त्यसको लागि मैले मोदीजीसँग कुरा गरेको छु । ’ कोस्यारीले नेपालमा चिनियाँ रेल आउने कुरा कल्पनामात्रै भएको टिप्पणी गरे । भौगोलिक कठिनाइका कारण चिनियाँ रेल आउने कल्पना मात्र रहेको उनले बताए ।
आफूहरु सम्मिलित ईपिजीले तयार पारेको प्रतिवेदन भारत सरकारले छिट्टै ग्रहण गर्ने सुनाए । उनले भने,“यो प्रतिवेदन भारत सरकारले बुझ्छ, त्यहीअनुसारको अहिले गृहकार्य भैरहेको छ । भारतमा नयाँ विदेशमन्त्री आएपछि म कुरा गर्छु । प्रतिवेदनले नेपाल भारत सम्बन्धका सबैखाले विषयवस्तु र समस्याहरुको सम्बोधन गर्छ । मोदीले प्रतिवेदन बुझ्ने कुरामा मलाई पूरापुर विश्वास छ ।”
प्रतिवेदनलाई लिएर भारतको कुनै विरोध तथा असन्तुष्टि नरहेको पनि उनले दाबी गरे । “१९५० को सन्धिदेखि कालापानी सिमा विवादसम्मका कुरा हामीले प्रतिवेदनमार्फत अघि समाधानको उपाय सारेका छौं”उनले भने,“यी सबै विषयमा हामीले सहमति खोजेका छौं । प्रतिवेदनमा सबै कुरा समेटेका छौं ।” भारत र बंगलादेशबीच विगतमा रहेका सबैखाले समस्याहरु तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बडो कुशलताका साथ समाधान गरेझैं नेपाल र भारतबीच रहेका सबै समस्याहरु समाधान हुने उनको विश्वास छ ।
May 26, 2019 12:05 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन