‘भारतीय रेल छिट्टै काठमाडौं पुग्छ, चिनियाँ रेल कल्पना हो’
नयाँ दिल्ली । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) का भारततर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोश्यारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने बताएका छन् । नयाँ दिल्लीमा ऋषि धमलासँगको कुराकानीमा उनले चाँडो नेपालमा भारतीय रेल पुग्ने बताएका हुन । केसियारीले चिनियाँ रेल ल्याउने विषय कल्पना मात्र भएको बताएका छन ।
‘हामी जतिसक्दो चाँडै काठमाडौंसम्म भारतीय रेल पुर्याउँछौं । उनले भने ‘ त्यसको लागि मैले मोदीजीसँग कुरा गरेको छु । ’ कोस्यारीले नेपालमा चिनियाँ रेल आउने कुरा कल्पनामात्रै भएको टिप्पणी गरे । भौगोलिक कठिनाइका कारण चिनियाँ रेल आउने कल्पना मात्र रहेको उनले बताए ।
आफूहरु सम्मिलित ईपिजीले तयार पारेको प्रतिवेदन भारत सरकारले छिट्टै ग्रहण गर्ने सुनाए । उनले भने,“यो प्रतिवेदन भारत सरकारले बुझ्छ, त्यहीअनुसारको अहिले गृहकार्य भैरहेको छ । भारतमा नयाँ विदेशमन्त्री आएपछि म कुरा गर्छु । प्रतिवेदनले नेपाल भारत सम्बन्धका सबैखाले विषयवस्तु र समस्याहरुको सम्बोधन गर्छ । मोदीले प्रतिवेदन बुझ्ने कुरामा मलाई पूरापुर विश्वास छ ।”
प्रतिवेदनलाई लिएर भारतको कुनै विरोध तथा असन्तुष्टि नरहेको पनि उनले दाबी गरे । “१९५० को सन्धिदेखि कालापानी सिमा विवादसम्मका कुरा हामीले प्रतिवेदनमार्फत अघि समाधानको उपाय सारेका छौं”उनले भने,“यी सबै विषयमा हामीले सहमति खोजेका छौं । प्रतिवेदनमा सबै कुरा समेटेका छौं ।” भारत र बंगलादेशबीच विगतमा रहेका सबैखाले समस्याहरु तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बडो कुशलताका साथ समाधान गरेझैं नेपाल र भारतबीच रहेका सबै समस्याहरु समाधान हुने उनको विश्वास छ ।
May 26, 2019 12:05 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो