विप्लवलाई प्रचण्डले भने आउँनुहोस् मिलेर देशलाई समृद्ध बनाऊँ
अहिले नेपालमा विप्लवको बन्दको चर्चा सुरु भएको छ । देशैभरीबाट विप्लवका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । विप्लवलाई शान्तिको बाटोमा ल्याउन सरकार सकारात्मक नभएको धेरैको आरोप रहेको छ । योबीचमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताउनु भएको छ ।
उहाँले राजधानीमा भएको बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको स्पष्ट पार्नुभयो । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘यो बन्द इत्यादि जे गर्नु भएको छ शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो कि रु मैले चाहिँ त्यसरी बुझेको छु ।’उहाँले एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता नडगमाउने बताउनुभयो । सबै मिलेर समृद्धि र विकासमा अगाडि बढ्नुको विकल्प नभएको प्रचण्डको बुझाई रहेको छ । उहाँले भन्नुभयो, ‘अहिले राजनीति रुपले स्थिरता आएकै छ ।
एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन ।’अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको भन्दै प्रचण्डले सबै मिलेर समाजवादको नयाँ ढंगले तयारी गर्नतर्फ लाग्नुपर्नेम जोड दिनुभयो ।
May 28, 2019 9:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन