यस्तो छ विश्वकै महंगो मः मः, मूल्य ५७ हजार
काठमाडौं । एउटा मः मः ले महंगो मूल्यको रेकर्ड राखेको छ ।जर्मन कम्पनी युम्बौको उत्पादन मः मः ले विश्वकै सबैभन्दा महंगो मः मः का रुपमा आफूलाई गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएको छ ।
चीनका होङ्गमेई झाङ र जर्मनीका केभिन ब्रुकले संचालन गरेको कम्पनीको मः मः विश्वकै सबैभन्दा महंगो मः मः हो । निलो रंगको ममको मुल्य ४६०.३२ युरो अर्थात् ५१७.०३ डलर पर्छ । अहिलेको नेपाली रुपैयाँ करिब साढे ५७ हजार ।
किन यति महंगो ? : गिनिज वर्ल्ड रेकर्डका अनुसार उक्त मः मः विशेष कुरा राखिएको छ । त्यो विशेष कुरामध्ये सबैभन्दा विशेष हो यार्सा गुम्बा । त्यस्तै केशर, ट्रुफल (विशेष प्रकारको च्याउ), ब्लुबेरी पाउडर लगायतका कुराहरु त्यसमा राखिएका कारण सो मः मःको मूल्य विश्वमै सबैभन्दा महंगो हुन पुगेको हो । त्यतिमात्र नभई उक्त मः मः मा ब्ल्याक बोन चिकेन पनि प्रयोग गरिएको हुन्छ । यो चिकेन विशेष गरी चीनमा पाइन्छ भने यो सामान्यतया अरु चिकेनहरु भन्दा महंगो छ ।
निलो रंग किन ? : मः मः बनाउने मैदामा केही प्राकृतिक रसायनहरुबाट यसलाई निलो रंग दिइएको हुन्छ । यो चीनमा परम्परागत रुपमा ताजा वस्तुहरुको प्रयोगको चिनारी स्वरुप प्रयोग गर्ने गरिएको बिधी हो । यो भोजनलाई उच्च गुणयुक्त, स्वस्थ र सौन्दर्यका का साथै स्वादिष्ट पनि हुने भएकाले आफूहरुले त्यसरी नै उत्पादन गर्न लागेको होङ्गमेई र केभिनको भनाई छ ।
May 28, 2019 12:27 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला