

जापान/ विद्यालय नजिकै चक्कु हमलाः एक बालिकाको मृत्यु, १९ घाइते

जापानको कावासाकी शहरमा मंगलबार बिहान भीडभाडयुक्त पार्कमा एक युवकले मानिसहरुमाथि चक्कु हमला गरेका छन् । उक्त घटनामा एक बालिकाको मृत्यु भएको छ भने १९ मानिस घाइते भएका छन् । घाइते मध्य १३ जना बालबालिका छन् । घाइते बालबालिका स्थानीय प्राथमिक विद्यालयका विद्यार्थी रहेको आशंका गरिएको छ । । आरोपी आफैले आफैलाई घाँटीमा चक्कु प्रहार गरेर आत्महत्या गरेका छन् । १३ बालबालिका स्थानीय क्यारिटन प्राथमिक स्कुलका विद्यार्थी रहेको विश्वास गरिएको छ । तर, विद्यालयले हालसम्म यसको पुष्टि गरेको छैन । अधिकांशं घाइते बालबालिका ६ वर्षदेखि सात वर्षका छन् । आक्रमण हुने समय ती स्कुल बस कुरिरहेका थिए ।
कावासाकी फायर डिपार्टमेन्टका प्रवक्ताले एएफपीलाई दिएको जानकारी अनुसार मंगलबार बिहान स्थानीय समयअनुसार ७ः४४ मा इमर्जेन्सी फोन आएको थियो । फोनमा एक युवकले मानिसहरुमाथि चक्कु हमला गरेको जानकारी प्राप्त भएको उनले बताए ।स्रोतका अनुसार पुलिसले घटनास्थलबाट दुई चक्कु पनि बरामद गरेको छ । अधिकारीका अनुसार उक्त घटना प्राथमिक विद्यालय नजिकै एक बस स्टपसँगै भएको पार्कमा भएको हो । मृत्यु हुने बालिका पार्कमा खेलिरहेकी थिइन् । घटना एउटै व्यक्तिले गरेको जापानी मिडियाले बताएको छ । तिनका अनुसार शंकास्पद आक्रमणकारीको नाम सार्वजनिक नगरिएको भए पनि सो व्यक्ति ४० देखि ५० वर्षबीचको पुरुष हुन् । प्रहरीले हालसम्म आक्रमणको कारण पत्ता लगाउन सकेको छैन ।
जापान विश्वमै सबैभन्दा कम हिंसात्मक अपराध हुने देश हो । त्यहाँ सार्वजनिक स्थानमा हुने हिंसाको घटना झनै कम छन् । तर सार्वजनिक स्थानमा हुने हिंसामा धेरै जसो चक्कुको प्रयोग हुने गरेको पाइएको छ । सन् २०१६ मा अपाङता भएको व्यक्तिप्रति तीव्र घृणा भएको एक व्यक्तिले टोकियोको एक स्याहार केन्द्र गएर अन्धाधुन्ध चक्कु हानेको थियो । त्यस घटनामा १९ जनाको ज्यान गएको थियो भने २६ घाइते भएका थिए । सो घटना जापानको आधुनिक समयको सबैभन्दा ठूलो आपराधिक हिंसा बताइएको थियो ।त्यस अघि सन् २००१ मा एक व्यक्तिले प्राथमिक विद्यालयमा पसेर अन्धाधुन्ध चक्कु प्रहार गर्दा आठ बालबालिकाको मृत्यु भएको थियो भने १९ को मृत्यु भएको थियो ।
May 28, 2019 12:49 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

