सुन्दरता बन्यो पुलिस अफिसरको दुश्मन,आफ्नै विभागले दियो चेतावनी
बर्लिन। जर्मनीकी एक महिला पुलिस अफिसरलाई आफ्नै पुलिस विभागले इन्स्टाग्राममा फोटो पोस्ट नगर्न चेतावनी दिएको छ । यहाँकी एड्रिनी कोलेसजर नामकी ती महिला पुलिस अफिसरलाई ‘मोडल पुलिस अफिसर’ भनेर चिनिन्छ ।
अहिले भने उनलाई आफ्नै विभागले सामाजिक संजालमा फोटो पोस्ट नगर्नू अन्यथा जागिरबाट निकालिने चेतावनी दिएको छ । एड्रिनी विगत २ वर्षदेखि सुन्दर फोटोका कारण इन्स्टाग्राममा सनसनी बनेकी छिन् । दुई वर्षमा उनका इन्स्टाग्राममा लाखौं फलोअर बढेका छन् ।
एड्रिनी सबैभन्दा धेरै फोटो जिममा ब्यायामपछि पोस्ट गर्छिन् । उनले आफ्नो सिक्स प्याकबाट मानिसहरुलाई धेरै प्रभावित बनाएकी छिन् । तर, पुलिस डिपार्टमेन्टलाई भने यो कुरा मन परेको छैन ।
विभागले प्रस्ट भनेको छ कि बिकिनी फोटो सामाजिक संजालमा पोस्ट नगर्नु । विभागले भनेको छ कि या त पुलिसको काम गर्नु या इन्स्टाग्राम चलाउनु दुवै काम एकै पटक हुन सक्दैन । विभागले उनको ध्यान आफ्नो काममा नभएको मानेको छ ।
May 29, 2019 6:01 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला