प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता हुँदैछ। प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिने बताइएको छ। यसअघि प्रधानमन्त्री ओली हिजो साँझ भारतीय समकक्षी मोदीको सपथग्रहण कार्यक्रममा सहभागी भएका थिए । नयाँ दिल्लीको रायसिनाहिलस्थित राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका थिए ।
सपथग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओली आजै अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ।
May 31, 2019 9:54 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन