गर्मी मौसममा खरबुजा खानुहुन्छ,? यस्ता छन् फाईदा
काठमाडौँ । गर्मी मौसममा शरिरलाई भित्रि रुपमा चिसो बनाउन हामी विभिन्न उपाय अपनाउछौं । मौसमी फल खरबुजा मिठो र स्वादिष्ट त हुन्छ नै यसले केहि हदसम्म शरीरलाई चिसो बनाउन पनि मद्धत गर्दछ । खरबुजामा प्रशस्त मात्रामा पानी पाइन्छ, यसकारण गर्मी मौसममा यसको सेवनले पानीको कमी हुनबाट बचाउछ र डिहाइड्रेशनबाट बचाउछ । खरबुजा खानाले बिभिनन फाईदाहरु हुने गर्दछन्:
१. छाला हड्डि र माशंपेशीको लागि : खरबुजामा धेरै पौष्टिक तत्वहरु पाइन्छ, त्यसैले यो शरिरको सबै हिस्साको लागि फाइदाजनक छ । खरबुजामा भएको भिटामिन‘ सि’ ले शरिरमा भएको फ्रि रेडिकल्सलाई नास गर्दछ जसले छाला स्वस्थ रहन मद्धत गर्दछ । यसले छामलामा उमेरको प्रभाव कम गराउन मदत गर्दछ । भिटामिन ‘सि’ हाड र माशंपेशीको लागि धेरै फाइदाजनक छ ।
२. तौल घटाउछ : खरबुजामा थोरै मात्रामा मात्र चिल्लो पदार्थ हुन्छ, यसकारण यसको सेवनले तौल बढाउदैन । यसमा कार्बोहाइड्टको मात्रा धेरै हुन्छ । यसमा भएको सुगर सजिलै शरिरमा इनर्जी दिन्छ तर तौल बढाउदैन् । सुगरको धेरै तौल यसमा भएको पानीमा हुन्छ । यस कारण यो खादा पेट भरिएको जस्तो लाग्छ । तर भारिपन लाग्दैन । यसमा फाइवरको मात्रा धेरै हुन्छ ,यसकारण तौल घटाउनमा सहयोग गर्दछ ।
३. आँखाको रोशनी बढाउन सहयोगी : खरबुजा आँखाको लागि पनि फाइदाजनक फल हो, यसकारण गर्मीमा यसको भरपुर प्रयोग गर्नुस् । खरबुजामा भिटामिन ‘बि’ र ‘सि’ प्रशस्त मात्रामा पाइन्छ ,यसै कारण यसले आँखाको रोशनी बढाउन मदत गर्दछ । यो भिटामिनले आँखाको रेटिनाको माशंपेशीलाई मजबुत बनाउछ, जसले लामो समयसम्म आँखालाई ठिक तरिकाले काम गर्न सघाँउछ ।
४. मुटुका रोगीलाई फाइदाजनक : खरबुजा खानेले मनको बिरामीबाट बचाउछ । खरबुजामा एडिनोसिन हुन्छ । जसले शरिरमा रगतलाई पातलो बनाउछ । यसबाट रगतलाई जम्ने तथा गाढा हुने खतरा हुदैन र रक्तसंचारलाई सन्तुलित गराउछ । खरबुजामा भएको पोटासियमले मुटुका विरामी जस्तै हार्ट अट्याक, कार्डिएक अरेस्ट, स्ट्रोक आदिबाट बचाउदछ । यसकारण खरबुजाको प्रयोग तपाईको मुटुका लागि पनि फाइदाजनक छ ।
May 31, 2019 4:48 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला